logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

अध्यक्ष रङगमती शाहीबाट वडा बासिमा सन्तोषजनक विकास


  • जन आकाश
  • बिहिबार, साउन २४ २०८१

काठमाडौं । हुम्ला जिल्लाकै पहिलो महिला निर्विरोध निर्वाचित वडा अध्यक्ष रङ्गमती शाहीबाट खार्पुनाथ गाउँपालिका वडा न. ४ मा संतोषजनक काम भएको छ।



वडा नं .१देखि ५ सम्म रहेको यस खार्पुनाथ गाउँपालीकामा नमुना वडा यहीँ वडा न.४ रहेको , आउँदा दिनमा अझ सुन्दर बनाउने योजना लिएको वडा अध्यक्ष रङ्गमती शाहीले बताएकी छन् ।

वडा नं.४ मा माजा, छिप्रा, नल्ल र लेख गरि चारवटा गाउँ समेटिएको छ । हुम्ला जिल्लाकै नमुना मा. वि स्कुल यसै वडामा रहेको र त्यहाँ विभिन्न तरिकाले छात्रवृत्ति वितरण गर्दै ,गरिब बालबालिकाहरुलाई धेरै प्राथमिकतामा राखेको जानकारी गराएकी छन् ।

सबै गाउँमा शिक्षा,स्वास्थ्य सुधार हुँदै गएको र विभिन्न योजना मुलक कार्यक्रमहरु संचालनमा ल्याएको, स्वास्थ्य क्षेत्रमा विभिन्न तहका व्यक्तिहरुलाई आ-आफ्नै जिम्मेवारी तोकेको कुरा  वडा अध्यक्षले जानकारी गराएकी छन् ।

पछिल्लो दुई वर्ष यता वडा नं.४ ले केही विकासमा फड्को मारेको छ। आर्थिक वर्ष २०८० र८१ मा संचालित योजनाहरु अहिलेसम्मकै धेरै योजनाहरु संचालनमा आएको छ । प्रत्येक गाउँमा बालबालिकाहरुलाई खोप भिटामिनको मात्रा उपलब्ध रहेको छ।

गाडी नचले पनि रोड भने वडाको दुई ओटा गाउँमा पुगिसकेको छ बाकी दुई वटा गाउँमा छिटै पुग्ने कुरा व्यक्त गरेकी छन् । वडामा हुनुपर्ने कार्यक्रमहरु समयमै सम्पन्न पनि भएका छन् । गाउँका इच्छुक व्यक्तिहरुलाई टनेलका सामाग्री उपलब्ध गराइ खेतीयोग्यमा वडाले लगाएको छ। यस् वडामा कसैले भ्रष्टाचार गरेमा , योजनाका कामहरू सन्तोषजनक तरिकाले संचालन नगरेमा कसैलाई पनि छुट नहुने कुरा व्यक्त गरेकी छिन् ।

गाउँबासीको लागि रातदिन खटिन पाउँदा आफू निकै खुसी रहेको ,आफूलाई वडा नं.४ का जनताले निर्विरोध निर्वाचित गराएको परिमाण सकारात्मक रुपले प्राप्त गर्ने छन् र आफू सधैं भरी खटिरहने ,अब आउँदा आर्थिक वर्षहरुमा अझ राम्रो गर्दै लैजाने रणनीति अपनाएको कुरा  व्यक्त गरेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend