logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

हेलिकप्टर दुर्घटनाका मृतकप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली व्यक्त


  • जन आकाश
  • बिहिबार, साउन २४ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।



दुर्घटनामा परी मृत्यु हुने पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

बुधबार एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेका थिए । उनीहरु सबैको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend