logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राज्यमन्त्री तामाङलाई बधाई शुभकामना दिनेको भीड


  • जन आकाश
  • शुक्रबार, साउन २५ २०८१

मोहन कार्की ।
काठमाडौ । रामेछापवाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसवाट निर्वाचित पुर्ण बहादुर तामाङ(कान्छाराम) यतिवेला (केपी) शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री बनेका छन् ।
उनै राज्यमन्त्री तामाङलाई शुुभकामना दिने लर्को लागेको छ ।



निवासमा होस् वा मन्त्रालयमा हातमा फूलको माला र खादा बोकेर शुभकामना दिन लाइन लागेका भीड देखिन्छ । रामेछापका जनता त जिल्लाले राज्यमन्त्री पाउदा खुशी हुने नै भए त्यसमा पनि गोकुुलगंगा वाडन १ चुचुरेका जनता खुशी नहुुने कुुरै भएन । त्यही गोकुुलगंगा १ चुचुरे लगायत रामेछापका महिला दिदीबहिनीहरुले यहि २०८१ साल साउन २४ गते मन्त्रालय नै पुगेर बधाई शुभकामना सहित सफल कार्यकालको कमना गरेका छन् ।

उक्त शुभकामना बधाई तथा सफल कार्यकालको कामना पत्रले सम्मानित गर्ने महिलाहरुको नेतृत्व कल्पना बस्नेत कार्कीले गरेकी थिइन भने गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा बस्नेत कार्की लगायतको संयुक्त उपस्थिति रहेको थियो । राज्यमन्त्री तामाङ रामेछाप जिल्लाका नेपाली काँग्रेसका सभापति समेत हुन् उनी यहि २०८१ साउन २४ गते रामेछाप जिल्लाका जनतालाई आफुलाई प्रतिनिधिसभामा जिताएर राज्यमन्त्री बनाएकोमा धन्यवाद दिन गईराखेका छन् । उनि यहि साउन २७ मात्र काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend