जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा पनि अन्तराष्ट्रिय युवा दिवश मनाएको छ । काठमाडौको कमलादी नेपाल प्रज्ञाप्रतिष्ठानमा केही स्काउटका प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र युवा जस्तै देखिने केही युवा र अधवैसे मानिसहरु ति अधवैसे देखिने युवा परिषदका कर्मचारी जम्मा भई पुुतलीसडकवाट नेपाल प्रहरीको टोलीले ब्याण्ड बाजा बजाउदै अगाडी –अगाडी हिडेको र पछाडी– पछाडी युवाको प्रभातफेरी नाम दिएको २०० जतिको समूूह ताती लागेर रत्नपार्कको शान्ति वाटिका पुगेर कार्यक्रम गरेका छन् । “ब्यानरमा युवामा लगानी गरौं । युवामैत्री स्थानीय साशनको पवर्धन गरौं ।” “दिगो विकास लक्ष्यमा प्रगति, डिजिटल प्रविधिमा युवा पहुच अभिबृद्धि” जस्ता नारा ब्यानरमा टागेर कार्यक्रम गरेका छन् ।
स्मरणरहोस् ः युवा परिषदले प्रभातफेरी पुतलीसडकवाट बागबजार हुदै शान्ति वाटीमा पूग्ने क्षेत्रमा अन्तराष्ट्रिय युवा दिवशमा निकालेको प्रभातफेरी भन्दा विदेश जानको लागि कन्सल्टेसीमा अध्ययन गर्न आएका बाग बजार क्षेत्रमा विद्यार्थीहरुको ठूलो संख्या फुटपाथमा हिडिरहेको दृष्यले युवा परिषद नामको निकायलाई गिज्याईरहेको देखिन्थ्यो । तर ति नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायत दलका राजनीतिक नियुक्ति पाएकाहरु प्रभातफेरीमा फोटो खिज्नका लागि र शान्ति वाटिकामा मच्ची मच्ची भाषण गर्न लाज पचाईरहेका थिए । त्यही शान्ति बाटिकामा सरकारी पिडितहरु, दलितहरु लगायत कालो पाल टागेर धर्ना बसेको छेउमा नेता दर्ज हुन कोशिस गरिरहेका छन् ।
यस्तो अवस्थामा मनाईने अन्तराष्ट्रिय दिवश युवाहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend