जन आकाश
काठमाडौँ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको निकट भविष्यमा हुन गैरहेको निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै छ । जसमा विभिन्न ट्रेकिङ सम्बद्ध पर्यटन व्यवसायीहरु कार्यसमितिमा निर्वाचित भएर जानको लागि तयारीमा तयारी गरिरहेको बुझिन आएको छ ।
यतिवेला अध्यक्षको लागि सागर पाण्डेले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।पाण्डे टानका पूर्वमहासचिवसमेत हुन पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकतामा राख्दै आफनो उम्मेदवारी घोषणा गरेका छन् ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।
टानको नेतृत्वको लागि अध्यक्षका लागि सागर पाण्डेले दावी गरेपछि उनकै नेतृत्वमा अन्य कार्यसमिति टिम बनाएर जाने तयारी भइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend