logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणमा जादै


  • जन आकाश
  • आइतबार, भाद्र २ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आजवाट पाँचदिने भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।



भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend