logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

जनआकाशको १७औं वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • शुक्रबार, भाद्र ७ २०८१

काठमडौं– ‘सत्य तथ्य र प्रभावकारी समाचार’ सम्प्रेषित गर्दै आएको जनआकाश साप्ताहिकले आफ्नो १७औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले दियो प्रज्वलन गरी १७औं वार्षिकोत्सवको उद्घाटन गरेकी हुन् ।



जनआकाश मिडिया प्रा. लि. को आयोजनामा मुक्तिनाथ विकास वैंक,एनएमबी बैंक, कामना सेवा विकास बैंक लि. तथा सिप्रदी टे«डिङको म्याक लुब्रिकेन्टको प्रायोजन तथा अखवार नेपाल एवं सैलुङ अनलाइन मिडियाको संयोजनमा विहिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीस्थित लेखनाथ सदनको प्रेक्षालयमा एक विशेष समारोहको आयोजनामा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता तथा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा बिशेष अथितिहरुमा नेपाल व्यवसायी रास्ट्रिय महासघका अध्यक्ष कुमार कार्की, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य शन्तराम विडारी,पर्यटन बिज्ञ खुम बहादुर सुवेदी, वरिष्ठ साहित्यकार तथा पुर्व साहायक रथी तेजप्रकाश बानियाँ, वरिष्ठ पत्रकार चेतनाथ धमला रहेका थिए ।

अतिथिहरुमा साहित्यकार डा. गोविन्द बहादुर कार्की, रामेछाप काठमाडौ पत्रकार समाजका पुर्व अध्यक्ष तथा नयाँ पत्रीका दैनिकका पत्रकार प्रेम गौतम, रामेछाप निवासी समाजवेसी सिव श्रेष्ठ, वरिष्ठ साहित्यकार गंगा लिगल, साहित्यकार तथा सुसेलि फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी, नेपाल पत्रकार महासघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी रहेका थिए ।

सोही अवसरमा रास्ट्र र समाजलाइ योगदान पु¥उने व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । सामाज र नागरिकहरुलाई सेवा गरेको उच्च मुल्याङकन गर्दै प्रशंसापत्रले किही कम्पनीहरुलाई सम्मानित गरेको थियो ।

जनआकाश साप्ताहिकमा लेख, रचना पठाइ उत्कृष्ट हुनेहरुलाई र जन आकाश टिभी युटुब च्यानलमा गीत, कविता, गजल, प्रशारणमा भाग लिइ उत्कृष्ट प्रस्तुती दिने प्रतिभा तथा नवप्रतिभाहरुलाई कदरपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा उपसभामुख इन्दिरा रानामगरले संघर्षबाट खारिएर अघि बढेका सम्पादक मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ (कृषि,पर्यटन र जलविद्युतले) समग्रतामा विकास निर्माणका लागि स्पष्ट निर्देश गरेकोमा खुशी व्यक्त गर्दै कृति सफलकको शुभकामना व्यक्त गरिन् ।

उनले भनिन् ‘’म आफै पनि सानो छँदा दुःख गरेरै अघि बढेको बताउँदै अहिले पनि सामाजिक क्षेत्रमै बालबालिकाको लागि काम गरेर आएको व्यक्ति हुँ । कतिपय बालबालिकाको आमा बाबुकै टुङ्गो नलागेका कोहीका बाबु–आमा जेल परेका पिडितहरु छन्, तीनिहरुलाई बिभिन्न ठाउँबाट सहयोग जुटाएर शिक्षा,दिक्षा दिईरहेको छु, र उनिहरुलाई एउटै परिवार जस्तो गरी बुबा–आमा, दाजु–भाई दिदी बहिनी जसरी पालन पोषण गरी हुर्काइरहेको उल्लेख गर्दै हाल स्कुल सञ्चालन गरिरहेको बताइन् । म पनि सानो हुँदा दुःख नै गरेर आएको हुनाले यस्ता सघर्षहरुलाई बुझेको छु भन्दै सञ्चार क्षेत्र निष्पक्ष र सन्तुलित हुन नसकेको वर्तमान अवस्थामा जनआकाशले निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गरेकोमा प्रशंसा गर्दै आफूू १६औं वार्षिकोत्सवका अवसरमा समेत आएर शुभकामना दिन पाएको र यसपाली पनि त्यो संयोग जुरेकोमा खुशी व्यक्त गरिन् । जनआकाश साप्ताहिकद्वारा आयोजित उक्त समारोहमा उनले लोकतान्त्रिक मुलुकमा नागरिक अधिकार संरक्षण गर्न सञ्चार क्षेत्र राज्यका सबै निकायको प्रभावबाट मुक्त भएर तटस्थ हुनुपर्नेमा जोड दिईन् । साथै समाजमा भएका सत्यतथ्य घटनालाई सञ्चारकर्मीले ऐनाको रुपमा जस्ताकोत्यस्तै देखिने गरी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

उक्त अवसरमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ माथि समिक्षात्मक टिप्पणी गर्दै दामोदर ढकाल (दीपक)ले विद्रोह संघर्ष र लगनशीलताका परिचायकका रुपमा पहिचान स्थापित गरेका मोहन कार्की राष्ट्र निर्माणका संवाहकका रुपमा स्थापित भएको बताउँदै यो देशका योजनाविद तथा राजनैतिक नेतृत्वले मोहन कार्कीद्वारा लेखिएको ‘कृपज’ कृषि पर्यटन र जलविद्युतका क्षेत्रमा इमान्दारीका साथ लागू गर्ने हो भने देश विकासका लागि लामो समय कुर्न नपर्ने बताए । उनले ‘कृपज’ विकासको लागि सुत्रात्मक कृति रहेको उल्लेख गर्दै कृति सफलताको शुभकामना ब्यक्त गर्दै सवैले कृति पढ्नुपर्नेमा जोड दिएका छन् । ‘कृपज’ शब्द देश विसका आधार हो भनेर शब्दकोषमा अटाएर लेखक कार्कीलाई न्याय गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा विशेष अतिथिका रुपमा आएका नेपाल राष्ट्रिय व्यवसायी महासंघका कुमार कार्कीले विचौलियाहरुको अन्त नभईकन देशको विकास गर्न नसकिने धारण राखेका थिए । त्यसैगरी पर्यटन विज्ञ खुम बहादुर सुवेदीले शुभकामना दिदै भने पर्यटन क्षेत्रको बृहत्तर विकासको लागि पर्यटनको समुचित विकास गर्नुपर्ने आवश्यकता औल्याएका थिए । यसैगरी विशेष अतिथिकै रुपमा आएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले स्वदेशी र आत्मनिर्भरमुखी पत्रपत्रिकालाई जोगाउन सरकारले उपर्युक्त भूमिका खेल्नुपर्नेमा जोड दिंदै नेपालको विज्ञापन वोर्डको औचित्य नभएको भन्दै विज्ञापन वोर्डले पछिल्लो समय गरेको गलत निर्णयप्रति आक्रोश पोखेका थिए ।

समाजका बिभिन्न क्षेत्र बित्तिय, साहित्य, पत्रकारिता बहुआयामिक प्रतिभा लगायत लोकबिधा, सुसेली, साहित्य लगायत, समाजसेवी समेत गरि समाजमा विशिष्ट योगदान दिएका विभिन्न विधाका व्यक्तित्वहरु लाई सम्मान पत्र, कदरपत्रले तथा मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो । सोही अवसरमा सामाजिक र आर्थिक दुवैं क्षेत्रवाट उत्तरदायित्व निभाएको भनि सिप्रदी ट्रेडिंग प्रा.लि. लाई प्रशंसापत्रले सम्मानित गरिनुका साथै ज्योति विकास बैंकलाई बालबालिका र स्वास्थ्यको क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गरेको भनि प्रशंसापत्रले सम्मानित गरिएको थियो । साथै सो अवसरमा वरिष्ठ साहित्यकार डा.शैलेन्दु प्रकाश नेपाल,गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार राजन कार्की, बाल साहित्यकारका रुपमा प्रशिद्धि कमाएकी ललिता दोषी, युवा पत्रकार मिलन विक, लोक गायक नकुुल गौतम, वरिष्ठ लोक गायिका तथा चरित्र अभेनेत्री रस्मि भट्ट, सुसेली साहित्य सम्मान तथा पुुरुस्कृत दामोदर ढकाल, पप–आधुनिक गायिका रुची घिमिरे, हास्यव्यग्य कलाकार थरेन्द्र बराल, नमूूना किसान तथा साहित्यकार डिल्ली प्रसाद दाहाल, साहित्यकार राजेशमान के.सी.समाजसेवी राहुल रेग्मी, फोटो पत्रकार नरेश श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी समाजिक उत्तरदाइत्व बहन गरेको र राष्ट्रलाई इमानदारका साथ धेरै कर तिर्ने सिप्रदी टे«डिङ प्रा.लि प्रशंसा पत्रले सम्मानित गरिएको थियो । त्यसैगरी ज्योति विकास बैकले बालबालिकाको क्षेत्रमा वर्थिङ उपकारण अस्पताललाई सहयोग गरेर झण्डै ९०० बालबालिकालाई सेवा गरेको भनेर प्रशंसा पत्रले सम्मानित गरेको थियो ।

कदर–पत्रले सम्मानित हुने स्रष्टाहरु

चन्द्रा न्यौपाने, हरिहर पाण्डे, विनोद कार्की, इनिश बुढाथोकी, रामकृष्ण थापा, जन आकाश मिडियामा जोडिएका कलाकारहरु

एमुना बि.सी, पूर्ण सम्योग, मिन बाहादुर बिश्वकर्मा, सिताराम घिमिरे, दुर्गा बिराई, मनराज भण्डारी, रन्जना मगर, निर्मला नेपाली, आर्के साही, बिक्रम कार्की, सुमन सिंह, खड्क चेपाङ, सुनिल नेपाली, बिष्णु कुवँर, मिन प्रकाश ओली, यानम सुन्दास, भिमा कार्की, महेश मुखिया सुनुवार, विवेक खड्का, राधिका धामी, रेजिना खड्का, निर्मला बस्नेत, प्रिन्स घतानी, नकुल गौतम, इन्दिरा खड्का, बिनोद श्रेष्ठ, लिया खड्का, भगवती खड्का, सम्झाना साही, किरण श्रीपाली, गुन्जन सिंह् मोतिराज खनाल, सिताराम परियार, सुवास खड्का, रविन भुसाल, राजन अधिकारी, रितु बस्नेत, बिरेन मालाकार, ध्वज मगर, महेश सुनाम, बिनोद सुन्दास, सारमण श्री ल्वागुन, मनिस घिसिङ्, राजु सिङ (डेन्जर दादा), राजेन्द्र राई, युवराज कार्की, आर्के गैरे, सुमन बिटी, सरिता बिश्वकर्म, दिपेन्द्र बि.सी, कल्पना मल्ल, खेम माया तामाङ, मनिसा रनपाल, बिशाल भुजेल, राजेन्द्र गिरी (जादुकर गुन्द्रके), प्रदिप कुमार रसाइली, सुनिल थापा, दिपदर्शन कुँवर, मन्जरी खनाल, अमीर लामा, जप्रेल उर्मी क्षेत्री, संगम लामीछाने लगायत रहेका थिए ।

अन्त्यमा सभाध्यक्ष मोहन कार्कीले योग्य तथा अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै विशिष्ट व्यक्तित्वहरुलाई सम्मान पत्र,कदर(पत्र तथा मयाको चिनो प्रदान गरी सम्मानित गर्न पाउँदा अत्यंत हर्ष लागेको बताउँदै कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहिरुप्रति हार्दिक आभार व्यक्त गरे ।

भने सोही अवसरमा साहित्यकार दुर्गा अधिकारी ‘भमरकोटे’कवि द्वारिका कुइँकेल,एली खड्का,सानू शर्मा, लगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जन आकाश मिडियाका पत्रकार विनोद कार्कीले गरेका थिए । कार्यक्रमको सञ्चालन रामेछाप सांस्कृतिक कालकार समाजका सचिव नकुल गौतमले सहजरुपमा गरेका थिए ।

जनआकाश मिडियाले प्रत्येक वर्ष यसैगरी जनआकाश साप्ताहिकको स्थापना दिवश पारेर कार्यक्रम गर्दै आएको छ भने धेरैभन्दा धेरै युवा पुस्ताहरुलाई प्रोत्साहन गरेर देशको हितमा काम गर्न र नेपालको विकास गर्न नयाँ खोजी गर्ने अभियान गरीरहेको छ ।

जनआकाश मिडया अन्र्तगत हाल जनआकाश साप्ताहिक प्रकाशनमा गरेको छ । जन आकाश पत्रिकाले प्रत्येक मंगलवार देशका साहित्यकाररुको लेख र समसामयिक विषय वस्तु समेटेका समाजरा बजारमा ल्याईरहेको छ । janaakash.com सञ्चालनमा रहेको छ । jana aakash tv युटुव च्यानल सञ्चालमा रहेको छ । उक्त च्यानलवाट चर्चित संगीत खबर कार्यक्रम प्रशारण हुदै आएको छ । त्यसको अलवा समसामयिक विषयका घटना रिर्पोट हेर्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend