logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

द्धान्द्धको बिउ रोप्न खोज्दै देश विरोधी मतियारहरु


  • जन आकाश
  • शुक्रबार, भाद्र ७ २०८१

मोहन कार्की ।
नेपालमा २०६२ सालमा माओवादी राजनीतिक द्धन्द्ध रुपान्तरण भई शान्ति स्थपना भएपछि नेपालीहरुले फेरेको आनन्दको सास् हत्तियार बेच्ने बिचौलिया र हत्तियार उत्पादन गर्ने कम्पनीलाई भने टाउको दुखाईको विषय भएको छ । किनकि नेपाललाई जतिसक्दो उप्रदो मच्चाउने र अस्थिरतामा अल्झाएर नेपाललाई हरेक क्षेत्रमा कमजोर बनाएर हत्तियार बेच्ने बजार विस्तार गर्ने अर्कोतिर नेपालको अस्तित्व सकाउने खेल खेल्न थालेको जस्तो देखिने गरी पछिल्ला गतिविधि भएका छन् ।



कतै श्रीलंका कतै बगलादेशको हबला दिदै गफ गरेर कोही त कुनैले अभियान्ताको रुपमा भीड जम्मा गर्ने गरेका देखिन्छन् । जुन भीड जम्मा गर्ने समूहको न कुनै उद्देश्य प्रष्ट हुन्छ । न माग नै त्यस्तै कुराहरुलाई एक खालका सामाजिक सञ्जालले फैलाई राखेको देखिन्छ ।

नेपाल देश पृथ्वि रहेसम्म अलप नहुने चन्द्र–सुर्य रक्तिम राष्ट्रिय झण्डा मुनि गोलबद्ध नेपालीहरु एकढिक्का थिय । त्यो चटान बनेर बसेको नेपाली एकता भत्काउन र नेपालको स्वतन्त्र कमजोर बनाउन र नेपालले केही गर्नै सक्दैन भन्ने भ्रम पार्न २००४ सालमा नेपाली काँग्रेस, २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी भारतमा स्थापना गरी नेपाली बीचमा झगडा गराउन शुरु गरिएको योजना २०५२ सालको माओवादी जनयुद्ध गराई २०६२ सालमा आएर केही शान्ति स्थापना भएपनि कतिपय ठाउँमा जातिय द्धन्द्ध, हुदाहुदा धार्मिक रुपमा समेत त्यसका बाछिटाहरु यतिवेला देखिदै आएका छन् । यस्ता राजनीतिक नाम दिएका हुन् वा जातिय अधिकार वा धार्मिक, कुनै अभियान्त जे जे नाम दिएपनि देशमा यस्ता नामवाट नेपाली बीचमा ल्याउने विवादले सिंगो नेपालको हित गर्दैन भने मानव जगतको झनै गर्दैन ।
तर त्यस्तै कामहरु नेपालमा बढ्दै गएको देखिन्छ । कुनै अभियान्तको रुपमा कुनै राजनीतिक रुपमा कुनै भाषाको भेषमा कुनै जातिय भेषमा नेपाली नेपाली बीचमा वैमन्यस्यता बढेको देखिन्छ ।

नक्कलको पराकाष्ट

कुनैवेला भारतको बनारसमा पढ्न गएकाहरुले अग्रेज विरुद्ध भारत छोडो अभियान देखेका र चीनको आसपासमा रहेकाहरुले नेपालमा पनि तिनै भारतमा भएको अग्रेज विरोधी भारत छोडो आन्दोलन र चीनमा आएको माओवादी जनयुद्धको नक्कल नेपालका अर्घ ज्ञान भएकाहरुले गरेका थिए । ति आन्दोलनहरु नेपालको बलबुतावाट होइन कि तिनै छिमेकी राष्ट्रहरुको बुई चढेर गरिएको घाम जतिकै छर्लङ छ । चाहे त्यो पञ्चायत फाल्न गणेशमान सिंहको च्याक्सीबारी ठमेलमा भारतीय आएर गरेको भाषण होस् वा विराटनगरमा आएर भारतीय नेताहरुले गरेको भाषण र नेपाललाई भारतले गरेको नाकाबन्दी नै किन नहोस् । ति गतिविधिहरुले प्रष्ट देखाएको छ कि नेपालको राजनीतिक पार्टीका महत्वपूर्ण व्यक्तिहरु क्यारिमका गोटीजस्ता प्रयोग हुने गरेका छन् । त्यो कुरा स्वर्गीय बिपी कोइरालाले २०३३ सालमा निर्वासनवाट नेपालमा मेलमिलापको नीति लिएर आएको कुराले पनि पुष्टि गरिसेको छ ।

बिपीको स्वर्गरोहन पछि तिनै नेपाली काँग्रेस, एमाले सर्मथित पार्टीका भातृ संगठनहरुले अप्रदो मच्चाउने देशका उद्योग कलकारखान तोडफोड गर्ने चलन चलिरहेकै बेला अझै धेरै नेपाललाई चरम रुपमा घसाउन माओावादी जनयुद्ध थपेको थियो । जसमा हजारौ हजार मानिसले अनाहकमा ज्यान गुमाउन पुगेका छन् । धन जनको क्षति देशले आजसम्म पुर्ति गर्न सकेको छैन । त्यही माआवादी जनयुद्ध पछि तराई सप्रदायिक हिंसा फैलाउन भुमिका निर्वाह गरेर जनअधिकार फोरम नामको संगठनले गौरमा २७ जनालाई एकैदिन एकैछिनमा भालाले रोपेर हत्या गरे त्यसवेला पाहाड तराई बीचको एकतालाई खलबलाएको थियो । जसको नेतृत्व उपेन्द्र यादवले गरेका थिए तिनै व्यक्ति पछि पटक पटक मन्त्री भए ।

यस्तै अहिले पनि नेपाललाई श्रीलंका र बगलादेशको उदारण दिएर केही त्यस्ता तत्वहरुले अराजकता मच्चाउन कोशिस गरिरहेको देखिन्छ । यस्ता कोशिस गर्नु भनेको नेपाललाई अस्थिरतामा लैजानु हो । यस्ता कुनै उद्देश्य, लक्ष्य नभएका अराजक भिडले देशलाई थप नोक्शान मात्र पु¥याउछ । विमति, समस्या छन भने शान्तिपुर्ण ढंगवाट जनताले एकैपटक बल गरेर बिकल्प सहितको क्रान्ति गर्न सकिन्छ । तर अनियन्त्रित भीड जो बगलादेशमा भयो जहा श्रीलंकामा भयो त्यस्तो भिडले गर्ने अनियन्त्रित काम नेपाली हामीहरुले गर्नुहुदैन । परिवर्तन नेपालीहरुलाई चहिएको छ । तर विगतका जस्ता भारतको मोडल हेरेर नक्कल गरेर चीनको मोडल हेरेर नक्कल गरेर श्रीलंकाका जनताले जे गरे, बगलादेशका जनताले जे गरे हामीले त्यही गर्नुपर्छ भन्ने होइन हाम्रो नेपालको भूगोल, अवस्था परिवेश सुहाउदो आफ्नै बलबुतामा देश निर्माण गर्नें संकल्प सहितको व्यवस्थित ढंगवाट परिवर्तन गर्न आवश्यक छ । तर अराजक भीडले जताततै जे मन लाग्यो त्यो माग राखेर गर्ने अस्थिरता निम्त्याउने खेल मात्र हुन सक्छ । सावधान हुन सक्दैन । द्धान्द्ध नै द्धान्द्धले थलिएको देश झनै पछि पर्न सक्छ ।

त्यसैले अहिले युवा पुस्ताहरुले संगठित हुने देश विकासको लागि योजनाहरु बनाउने एक अर्कामा जोडिने सदभावहरु कायम गर्ने, मिलेर काम सिक्ने, सिकेका ज्ञानहरु अरुलाई सिकाउने, सामुहिताको विकास गर्ने जस्ता महत्वपूर्ण काम गरेर त्यही अनुभवलाई देशैभरी विस्तार गर्ने र त्यसैलाईं राष्ट्रिय शक्तिको रुपमा विकास गरेर देशको नेतृत्व लिने काम अहिलेका युवा पुस्ताको टटकारो आवश्यकता हो । कुनै अमुक व्यक्तिको पछि लागेर व्यक्ति विशेष देश बनाउन सकिदैन । सामुहिकता नै ठूलो बल हुन्छ । त्यसकारण अस्थिरतामा देशलाइ लान हुदैन ।

विकसीत राष्ट्रहरुले कहिल्यै यस्ता अराजक नचहिने लहडको सिको गरेका देखिदैन । उनिहरुले गलत भएको ठाउँमा सामुहिक रुपमा व्यवस्थित आन्दोलन माग राखेर सरकारलाई समेत तह लगाउने गरी शान्तिपुर्ण आन्दोलन गरेको देखिन्छ । अहिलेका युवापुस्ताहरुले विदेशका सिक्नैपर्ने छन् भने असल तरिकाहरु सिक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend