logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रामेछापको लेखखर्कमा पैरो, १०औं ज्यान गायो


  • जन आकाश
  • मंगलबार, भाद्र ११ २०८१

मोहन कार्की । 

टोकरपुर । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वाडन ३ लेकखर्क भन्ने ठाउँमा आठ गते वेलुका साढे १० बजे आएको भीषण पैरोले चार वटा घर बगाउदा सात जनाको मृत्यु भएको छ भने एकजना घाइते अवस्थामा उद्धार गरी काठमाडौको मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ । सात जना पैरोमा हराएका १० मध्य छ जनाको पहिलानै फेला पारी पुष्टि भईसकेका छन पुटकी पहरीकोे १० गते मृत शरिर पैरोमा पुरिएको अवस्थावाट उद्धार टोलीले निकालेर आफन्तलाई जिम्मा लगाएको हो ।



बाकी ३ जना पैरोमा पुरिएर हराईरहेका छन् । हराईरहेका ४ जनाको खोजी गर्नको लागि लगभग २०० जनाको संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत निरन्तर रुपमा खटिराखेको जानकारी प्राप्त भएको छ ।

पैरोमा परी मृत्यु भएकाहरुको नामवली यस प्रकार छ ।
चन्डिका श्रेष्ठ, आयुष श्रेष्ठ, उर्मिला श्रेष्ठ, संदीप पहरी, विज्ञान पहरी, सन्तोष पहरी, पुडकी पहरी मृत्यु घोषित भईसकेका व्यक्तिहरु हुन् ।
पैरोले बगाएर हराईरहेकाहरुको नामवली यस प्रकार छ ।
काले पहरी, झयाउकिरी पहरी, विन्दा पहरी रहेका छन् ।
पैरोमा घाइते अवस्थामा जिवितै उद्धार गरी अञ्जना पहरीको काठमाडौको मेडिकल कलेज सिनामंगलमा उपचार भईरहेको छ ।

पैरो शनिवार राति गएको थियो । रातभरी अविरल वर्षा भएको कारण कहाँ कति क्षति भयो भन्ने एकिन भएको थिएन भोलिपल्ट विहान मात्र पैरोले घर बगाएको मानिस हराएको थाहा पाएर स्थानीयहरुले. उद्धार गर्न खटेका थिए । आइतवारै गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान, सदरमुकामवाट प्रमुख जिल्ला अधिकारी अनिता निरौला, काठमाडौवाट उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु पैरो गएको क्षेत्रमा अवलोकन गर्न गएका थिए ।

रामेछाप जिल्लावाट प्रतिनिधिसभा सदस्य जितेका हाल राज्यमन्त्रीको जिम्मेवारीमा रहेका पुर्ण बहादुर तामाङले मृतक र हराईरहेकाहरुलाई जनही १०÷१० हजारको दरले सहयोग गरेका छन् ।
पैरोले जोखिममा रहेका लगभग ६० घर परिवारलाई तत्कालै दोरम्बा शैलुङ गाउँपालिकाले अर्को व्यावस्थापन नहुनजेल सम्मको लागि दोरम्बा शैलुङ गाउँपालिका वाडन ३ थामडाडास्थित कण्ठेश्वर माविमा व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिएका छन् ।

स्मरणरहोसः पाहाडी जिल्लाहरुमा पैरोले विगतमा पनि जन धनको क्षति हुने गरेको छ । रामेछापकै साविकको बाम्ती गा.वि.स. वाडन १ थाप्रा भन्ने ठाउमा पनि २०५८ साल भदौ ४ गते यस्तै पैरो आई गाउनै बगाएर ४३ जनाको ज्यान लिएको थियो । त्यसैगरी सिन्धुपाल्चोक तथा पश्चिमका रोल्पा, सल्यान, रुकुम लगायत पाहाडी जिल्लाहरुमा पनि पैरोले यस्तै मानवीय क्षतिहरु गर्ने गरेको छ । यस्ता पैरोहरु पाहाडी जिल्लामा साउन अन्तिम र भदौ महिनाको पहिलो हप्ता बढी पैरो जाने गरेका छन् ।

ति विगतका पैरोका यस्ता घटनाहरु घटिसकेपछि पछुताउनु भन्दा अगावै मानवलाई जोखिममुक्त क्षेत्रहरु पहिचान गरी व्यवस्थित वस्तीहरुको निर्माण गरेर मानवहरुको सुरक्षा गर्नुपर्ने आवश्यकता बन्दै गएको देखिन्छ । आउदा दिनमा यस्ता पैरोवाट कुनैपनि नागरिकहरु पैरोमा परेर ज्यान नगुमाउन त्यसका लागि आवश्यक तयारीहरु सवै पुरा गरेर मानवको रक्षालाई प्रथामिकतामा राख्नुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend