जन आकाश
पृथ्विका मानिस बाट आज सम्म मानव बिकासको क्रममा धर्म र पाप को कर्म बाट जीव र जगतलाई सन्तुलित र अस्थित्वलाइ जिबन्तता दिन सनातन सत्य लाई स्विकारी केही मानब आजको दुनियामा मानव धर्मको रक्षार्थ लागि रहेका छन । धर्म र पाप नै हाम्रो सनातन सस्कृती र सस्कारले दियको उपज हो । धर्म जीव रक्षाका लागि हुन्छ भने पाप नास का लागि प्रयोग हुन्छ। त्यसैले धर्म धनात्मक प्रयोग हो भने पाप ऋणात्मक प्रयोग हो । परापुर्ब कालका ऋषिहरुले देखायको बाटोको अनुसरण गर्दै अझ ससक्त रुपमा अघि बढ्दै आजका बैज्ञानिकले बिज्ञान लाई डो¥याइ रहेका छन । आजको दुनिया बिज्ञानको बिकासमा रुमल्लिइ रहेका छन बैज्ञानिक अविष्कार गरिरहेका छन । आजको बिज्ञानले अङ्गालेको बाटो मानव र जीव अस्थित्वका का लागि सार्थक बन्न सकेको छैन ।
सनातन धर्म स्वधर्म र सत्य सगं सम्बन्धित छ र स्वधर्म सत्य संग सम्बन्धित छ र स्वधर्म सत्य संग नजिक हुनुका कारण जीव र जगतका लागि यो मार्ग नै असल हुन सक्छ । सनातन धर्म को बाटो जीवको अस्थित्वको रक्षाका लागि सत्य बाटो छ । आजको बिज्ञान मानव समाजलाई भुलभुलैमा राख्न र मानवलाई त्रासदी मा राख्न ब्यस्त छ । आजको बिज्ञानले जीव र जगतको सुरु र अन्त्य को खोजलाई प्रमाणित गर्न कोसिस गर्दै छ तर यो बिज्ञानका लागि पुर्ण हुन सक्दैन । यो जगत बिस्तारमा छ तर कारण बिज्ञानले जान्दैन । कारण र अकारण नै परम तत्व हुनुहुन्छ, यहि परम तत्व बाट चराचर जगत चलायमान छ । उहाँ परमात्मा हुनुहुन्छ, उहाँ नै जगतका कारण र अकारण स्वरुप हुनुहुन्छ । यो कारण र अकारण को परम तत्व बिज्ञानले जान्न सक्दैन यहि बाट बिज्ञान को विस्तार रोकिन्छ र आत्मान्तरको यात्रा सुरु हुन्छ यो अनन्त छ । बिज्ञानले विकास गर्न सक्छ तर मानव र जीवको अस्थित्व लाई रक्षा गर्न सक्दैन । मानवले गरेको बिज्ञानको विकास र उपलब्धिको घमण्डले पृथ्वीका मानव र जिब अस्थित्वलाई सखाप पार्न सक्छ, त्यसकारण बिज्ञानमा मानबलाइ पुर्ण रुपमा लगाउनुनै मानब र जीव अस्थित्वका लागि घातक बन्न सक्छ यसबाट यकदिन मानव अस्थित्व नै समाप्त हुन सक्छ त्यसैले यो भौतिक जगतमा पृथ्वीलाइ प्राकृतिक रुपमानै चल्न दिनु नै मानबको सबै भन्दा ठूलो मानव विकासको अबसर हुने छ । आजको बैज्ञानिक युगमा बिज्ञानको आबिस्कारबाट र बैज्ञानिक साधन बाट जीव र जिबनको यथार्थता त दिन सक्ला तर जिबको अस्थित्व लाई जिबन्तता दिन सक्दैन ।
जीव र जगत लाई चलायमान बनाउने सर्ब सक्तिमान आत्मा तत्व लाई बिज्ञान ले जान्न सक्दैन । यो त मानबले अनुभूति गर्नुपर्ने विषय हो । बिज्ञान दर्शनमा छ त्यसैले आत्माको दर्शन हुदैन । आत्म अनुभुति हो। बिज्ञानले अनुभुती गर्न सक्दैन, त्यसैले आत्मा नै कारण पनि अकारण पनि हो । जगत र जिब आत्म तत्व बाट चलायमान छ त्यो नै सर्ब सक्तिमान छ, त्यसैबाट चराचर जगत चलायमान छ। जिबको सुरु कहाबाट भयको हो भन्ने बिज्ञानले जान्दैन, त्यसैले सुरु र अन्त्य नै छैन । सुरु र अन्त्य नै नहुने कारण र अकारण तत्व नै आत्मा तत्व हो । बिज्ञान त्यो सर्ब सक्ति खोज्छन प्रयास गर्छ तर जान्दैन, त्यही कारण को खोज नै बिज्ञानको बिकासमा अन्तिम बिन्दु भयर आउछ। आगामी दिनमा कारण खोज्ने बिज्ञान नै कारण र अकारण तत्व को बाधक बनेर आउदा बिज्ञानले मानव अस्तित्व र बिज्ञान लाइनै समाप्त पार्छ त्यसैले अबको आगामी दिनमा बिज्ञान कारण खोजमा भौतारिदै नासको बाटोमा जानेछ भन्ने बुझ्नु पर्छ ।
म मान्छु सत्यलाइ किनकी बेदमा सत्यको सार छ सत्य नै आत्मा हो। आत्मा नै सर्ब शक्तिमान छ । सत्य अनुभुती गरि कर्म गर्नु नै धर्म हो धर्म नै मानब जिबनको बाटो हो र मानब जिबनको लक्ष्य आत्म बोध हो । बिज्ञान ले अनन्तको केही खोजि त गर्ला तर अनन्तलाइ बुझ्न सक्दैन। आत्मा नै अनन्त हो किनकी न आदि छ न अन्त छ । बिज्ञान ले भौतिक देखिने बस्तुको मात्र व्याख्या गर्न सक्छ र जान्न सक्छ त्यसैले देखिने सबै बस्तु सत्य होइन यो जगत माया र मनको बिस्तार हो,यो सन्सार मायाको बन्धनमा छ मायाको पर्दा ले आत्मा लाई छेकेको छ माया यउटा भ्रम हो भ्रममा बाचेको मानिसलाइ सत्य अनुभूति गर्न गारो पर्छ ।
बिज्ञानले घमण्ड को बिकाश गर्छ घमण्डको बाटोले पृथ्वीका मानबलाइ पतनको बाटो तर्फ लैजान्छ, यस अर्थमा बिनाशकाले बिपरित बुद्धिले काम गर्छ, त्यहि कारण बिज्ञान माथिको बिकासको घमण्डले मानव, प्रकृति र जीवलाई नास तर्फ लैजान्छ। म बुझ्छु सत्य स्थिर हुन्छ, स्थिर बस्तुको नास हुदैन, जो स्थिर छ त्यो सत्य हो, अस्थिर बस्तु सत्य हुन सक्दैन। सत्य नै ब्राह्मण्ड को केन्द्र मा छ, यसै बाट सबै चराचर जगत चलायमान छ,त्यसैले सत्यलाइ अनुभुति गर्ने कोसिस गरौ । मैले बुझेको अर्थमा आत्मा नै परम सत्य हो । सत्य कहिलै अस्थिर हुदैन हामिले बुझ्ने भनेको पाप र धर्म मात्र हो । पाप अस्थिर छ धर्म स्थिर र सत्य संग सम्बन्धित छ, तेसैले सत्य चिन्न र देख्न सकिदै तर अनुभूति गर्न सकिन्छ आत्म लाइ आफु भित्र अनुभूति गर्न कोसिस गरौ । धर्ममा बिश्वास राखौ, आफू भित्रको आत्मा लाइ अनुभुति गर्ने प्रयास गरौ। जगत रहेसम्म जीव रहन्छ। जगतै नरहेपनी आत्मा रहन्छ आत्मा बाटै फेरि जगत र जीव उत्पती हुन्छ । आत्मा परिबर्तित हुदैन तर जीव परिबर्तित हुन्छ। जगत बिस्तार नहुदा पनि आत्मा थियो आज जगत बिस्तार हुदा पनि आत्मा र जीव छ भोलि जगतनै नरहदा पनि आत्मा रहन्छ, जो अबिनासी छ त्यहि सत्य हो ।
आत्मा अनन्त हुन्छ भने जीव को अस्थित्व जगत मा रहन्छ । जीव कै रक्षार्थ यो जगतको बिस्तार भैरहेको छ । परम शक्ति को सामर्थ्य बाट जीवकै रक्षार्थ जगत को बिस्तार भैरहने छ। आत्माको अस्थित्व लाइ स्विकार गरौ । स्वधर्मको अनुसरण गरौ। सबैलाइ आत्मा अनुभूति मिलोस जगतका कर्ता संग मेरो प्रार्थना।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend