logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

दियालो बङ्गला सामान्य परिचय;विश्वराज अर्याल


  • जन आकाश
  • आइतबार, भाद्र १६ २०८१

विश्वराज अर्याल



भदौ १५,सनिवार , दियालो बङ्गला शाहवंशीय राजाहरूको शितकालीन दरबार हो। यसलाई राजा महेन्द्रले यसको निर्माण गर्न लगाएका थिए। यो दरवार भरतपुरमा नारायणी नदी किनारमा देवघाट जाने सडक तथा राजधानी जाने सडक मार्गको चोकमा खडा छ।यो दरबारमा सबै भन्दा धेरै बस्ने राजा महेन्द्र हुन भने राजा वीरेन्द्र पनि माघेसक्रन्तिको अबस‍र परेर बस्न आउने गर्दथे। हाल यो नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ। २०२८ माघ १७ राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो।यसको कुल क्षेत्रफल ५७ बिघा १३ कठ्ठा ७ धुर रहेको छ।

यो दरबार २०२६ सालमा निर्माण सम्पन्न भएको थियो। तत्कालीन राजा महेन्द्र यहाँ २०२८ माघ ३ गते बस्न आएका थिए भने उनी यहाँ एक महिनाको लागि बस्ने योजना रहेको थियो। माघ १६ गते रातको ११ बजे राजालाई अचानक हृदयाघात भएर उनको मृत्यु भएको थियो। राजाको निधन यही दरबारमा भएकाले यसलाई चासोक‍ो साथ हेरिएको थियो।

पछि ओझेलमा परेको यस दरबारलाई २०८१ असार २३ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो।

दियालो वंगलाको वारेमा कुनै पनि चिनारी तथा त्यस भित्र हेर्ने र भएका घटना परिघटनाको कुनै चिनारी नभएको पाइयो । नेपाली आन्तरिक पर्यटकहरुले प्रवेश शुल्क वढि भएको गुनासो गर्ने गरेका छन् भने फोल्डर तथा भित्र प्रवेश द्धारमा जानकारी मुलक लेखन फोल्डर वा वुकलेटको आवश्यकता तथा गोर्खा दरवारको म्यूजियमा जस्तो लेख तथा चिनारीको आवश्यकता रहेको देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend