जन आकाश
सचेत जनता
इमानदार नेतृत्व
जवाफदेही प्रशासन
समय सन्र्दभ
मोहन कार्की
विश्वका विकासका मोडलहरु अर्थात तरिकाहरु हेर्दा देश विकास हुनको लागि स्वय जनता सचेत हुनुपर्ने । त्यो सँगसँगै इमानदार नेतृत्व र जवाफदेही प्रशासन देशमा हुने हो भने देश विकास गर्न सजिलो हुदो रहेछ भन्ने देखिन्छ ।
नेपाल देश विकासको चर्चा कुनै कार्यक्रममा हुने गर्दछ । तर व्यवहारमा कतैपनि त्यसको तरिकाहरु मिलाएको देखिदैन । जसमा जनता नै सवैभन्दा सचेत हुनुपर्ने हो । नेतृत्व भनेको त जनताले चयन गरेर पठाएका नै थोरै संख्यामा हुने हुन् । त्यसकारण सचेत जनता नै नभएका जस्ता देखिन्छन् । जनताहरु लक्ष्य विहिन हुल हज्जतहरुको जत्थामा सामेल भएर विरोध जसले वढी गर्न जानेको छ । मान्छे नै मार्ने क्रान्ति किन नहोस त्यस्तै पार्टी, संगठनहरुलाई जनताले होमा हो हो हो हो मा लागेर गरेका परिवर्तनहरुले दिएको नेपालको आजको परनिर्भरता अवस्था पु¥याएको छ । जुन यो अवस्थाले ति क्रान्तिहरु ठिक ढंगले नेपालीको बलबुतामा चलेका थिएनन् भनेर यो आजको परनिर्भरताको अवस्थाले देखाउछ । देश परनिर्भरतामा फसिसकेको छ ।
यो परनिर्भरता वाट देशको विकास दुर्त गतिमा गर्न सकिदैन । किनकि दक्ष जनशक्ति देशमा प्र¥याप्त हुदैनन् । यो एउटा समस्या हो । समस्या समस्या मात्र संसारमा काही पनि रहदैन । समस्या आईसकेपछि सावधान पनि खोजिन्छ । नेपाल जस्तै कुनैवेला परनिर्भता बाचेका देशहरुले देशको विकास गर्न सचेत जनताले असल इमानदार नेतृत्व छानेर देशको नीति बनाउन पठाएका देखिन्छन् । ति नीति बनाउने ठाउमा गएका असल दक्ष, योग्य नेतृत्वहरुले नीति असल र व्यवहारिक हुने तरिकाहरु अपनाई प्रत्यक्ष र दिर्धकालीन रुपमा देश, समाजलाई फाइदा पुग्ने तरिकाले छिटोछरितो पारदर्शी साथसाथै काम गर्न चाहने नागरिहरुलाई प्रोत्साहन र उत्साहित बनाउन जवाफदेही प्रशासन सञ्चाल गरेर दुर्त गतिमा देशको विकास गर्न थालेको केही वर्षहरुमा विकासको रुपहरु देखिएको उदाहरण छन् ।
त्यो धेरै टाढा जानुपर्दैन । त्यस्तै उदाहरण हुन् हाम्रै छिमेकी चीन, भारत, दक्षिण कोरिया, मलेसिया, सिंगापुर लगायतलाई हेरे पनि पुग्छ । त्यहाका जनताहरुले विरोध व्यवधानहरु गर्दा पनि विरोध गर्ने विषय ठिक छ कि छैन । हेरेर मात्र आन्दोलन परिवर्तनको लागि भीड जम्मा हुने गरेको र त्यसले बिकल्प सहितको परिवर्तनका लागि जनताले जनताकै बीचवाट नेतृत्व छानेर पठाउने गरेको देखिन्छ ।
नेपालमा त्यस्तो हुन सकेको नै छैन । भारतमा खोलिएका नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी हालको एमाले, पछि नेपालमा गठन भएको भनिएको तर नेता जति भारतमा आश्रय लिएर बसेका क्रान्ति चै नेपालमा गर्न लगाएर हजारौको ज्यान लिएको पार्टी माओवादी पनि भारतको एउटा तुरुपकै रुपमा प्रयोग भएको जस्तो देखिएकै छ । त्यपछिका माओवादीवाट टुटे फुटेका र अर्को पश्चिमाको गोटी भनेर चिनिदै आएको मोवाइल इन्जिन पार्टी रास्वपा पनि लक्ष्य विहिन विरोध गर्न मात्र जान्ने पार्टीको रुपमा सदनमा उपस्थित छ । त्यस्तै भीड जम्मा गर्न समय कुरेर बस्ने उकास्ने एक खालका ब्यापारीहरुले नेपालका अस्थिरता गराईराख्ने र त्यसवाट उनिहरुले फाईदा लिईराख्नेहरुलाई नै फाईदा पुग्नेगरी वेलावेलामा असन्तोषको नाममा भीडहरु सडकतिर कुदेको देखिन्छ । त्यस्ता विरोधहरु स्वत स्फुर्त भएपनि त्यस्ता भीडहरु समूहहरुलाई घुसपैठ गरेर नेपाललाई नोक्सान पु¥याउने अवस्थामा पु¥याएका उदाहरण विगतमा भईसकेका छन् ।
वर्तमानमा पनि त्यो भन्दा पनि धेरै खतरा अवस्थामा फसाउन नेपालको हित नचाहने शक्तिहरु लागिरहेको देखिन्छ । कुनै व्यापारीको खोल ओडेर होस् वा कुनै राजनीतिको खोल ओडेर अथवा अभियान्तको खोल ओडेर नेपालको शान्ति अमन चयनलाई भत्काउन कोशिष गरिराखेको देखिन्छ ।
परिवर्तन आवश्यक छ नेपालमा विगतका पूराना पार्टीका नेताहरुले नेतृत्व गरेको अवस्थामा देशले प्रगति गर्न सकेन । विकासका तरिकाहरु मिलाउन सकेनन् । उनिहरु आफ्नो बलबुताले आटिलो अवस्थामा उभिन सकेनन् । त्यसैले परिवर्तन नेपालको भूगोल सुहाउदो नेपालको अवस्था अनुसारको परिवर्तन नेपाली जनताले चाहेकै छन् । त्यसमा वौद्धिक, दक्ष विशेषज्ञहरुको सल्लाह र योजनाहरु परिवर्तन पछि कस्ले के गर्ने कसरी गर्ने त्यसका खाकाहरु तयार नगरी हुल हुज्जत गरेर कहिले श्रीलंकाको सिको गर्ने , कहिले बगलादेशको नक्कल गर्नुपर्छ भन्नेहरुले बिकल्पमा भोलि देशमा संक्रमणकालीन अवस्था आयो भने सावधान के हो । यस्ता तरिकाहरु नपनाई गर्न खोजिएको परिवर्तनले पुनः फेरी पनि अस्तव्यस्त अवस्थामा नै देश रहनसक्छ । अस्थिरतमा नै रहन सक्छ ।
तसर्थ परिवर्तन पछि देश विकास गर्ने तरिका अर्थात मोडल ल्याउन जनता सचेत भएर जनताको लागि काम गर्न सक्ने अनुभवले खारिएको देश छोडेर कहिल्यै कुनै देश नगएको तर आफ्नै देशमा गाई पालेर बसेको किन नहोस् त्यस्ता विज्ञहरुलाई छानेर नेतृत्वमा पठाउने र जनतावाट विश्वास जितेको जनताकै लागि काम गर्ने इमानदार नेतृत्वले आफ्नो दक्षतालाई समाज र राष्ट्रको पक्षमा काम गर्न सक्नुपर्छ । जनतावाट विश्वास जितेको इमानदार नेतृत्वले जवाफदेही प्रशासन अर्थात जनतासँग प्रत्यक्ष जोडिने सेवाहरु सजिलै लिन सक्छन् । जनताले छानेको नेतृत्व प्रशासनको निर्देशक भई जनताकै लागि बनाईएको प्रशासन जनताको सुविधाकै काम हुन थालेपछि देश विकास हुन समय लाग्दैन ।
यो भनेको आफ्नो देशप्रति गर्व गर्न लायक कामहरु हुनुपर्दछ । जतिवेला कुनै पनि नागरिकलाई देशको प्रशासनले दिएको सुविधा प्रतिको विश्वास हुन्छ । त्यतिवेला देशको विकास गर्न समय लाग्दैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend