logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आमा र मामा


  • जन आकाश
  • आइतबार, भाद्र २३ २०८१

शारदा पराजुली ।



काठमाडौं । म आमाको अनुहारमा मामाको छायाँ देख्छु । मेरी दिदी भन्दै हुनुहुन्थ्यो मामाको अनुहारमा आमाको छायाँ देख्छु । दिदी र मेरो अनुहार मिले पनि उन्को र मेरो मत मिलेन । म आमा संग छु ,उनी मामा संग । म आमालाई मामा जस्तै देख्छु उनी मामालाई आमा जस्तो देख्छिन् अरे । दुई चार जना उभिएको ठाँउमा हामी दुई दिदी बहिनीको खुबै संवाद हुन्छ ।

हरीया पातले ढाकेका रुख त्यसमा पनि रुख र पात कानेखुसी गरेर निर्णय दिन नसकेका ती हरिया पातहरुले सुनेका हाम्रो संवाद निशब्द थियो । जङ्गलै जङ्गलले कोसकै आधारमा प्रकृतिको छानो त्यसमा पनि अलि खाल्टोमा पर्ने हाम्रो घर जँहा मामा र आमाको अर्थ बुझउन सकस प¥यो । जब दिदी वहिनी भेट हुन्छ तब बिवादमा रुमालिन्छ । एकदिन मामा आँखामा ठूला ठूला गोलो गोलो परेको चस्मा लगाएर आगनमा टुप्लुक्क आउनु भयो ।

दिदी र म घाँसको भारी बोके‘ हुनेखाने र हुदा खानेमा विभेदको अन्त्य कसरी गर्ने भन्ने योजना बनाउदै भएर होला सायद हातमा भएका किताबका ठेलिले त्यही संकेत गर्दथ्यो । मामाको गम्भिर अनुहारमा आमाको सुनौला सपनाको चाङ्ग लाग्दथ्यो । आमा भन्नुहुन्यो मामाको सपनाको भागिदारौ नानी । मामाको लामो लामो सुस्केरा भित्र हजारौ आमाको सपना टुसाउन भ्याएका थिए ।

त्यसैले त आमा मामाको गम्भिरतामा सुशासनको फुल देख्नुहुन्यो । औँलामा गन्न सकिने सिमित मानिसहरुको व्यवस्थामा रुमालिएको हाम्रो देश, चाकडिवाद ,जातिय विभेद, अन्याय अत्याचार र थिचोमिचो लाई नजिकबाट नियाल्ने अबसर आफु शिक्षक हुदा पाएको अनुभव आमा संग बताउदै हुनुहुन्थ्यो ।

योजनाले थकित भएको मलिनो अनुहारमा आमाको छेउमा आएर हातको गरुङ्गो झोला थमाउदै लामो सुस्केरा हाल्दै हाम्रो सुशासन कहिले आउला ? पिडिको छेउमा थचक्क बस्नुहुन्थ्यो धैर्य गनु‘ नराख्नु ढिडो फाडो जे छ छोरा छोरीको पेट भोको नराख्नु , घरमा आउने आफन्तलाई बिमुख नपठाउनु , धैर्यता हाम्रो आधार हो सधै जगाउनु मामा यति भन्दै तगारोमा पुग्नुभयो आमा पछि पछि जानु भयो । निशब्दमा हस् टाउकोले संकेत गर्दै देखुन्जेल हेर्नु भयो ।

किन किन आमाको अरु दिन झै खुसि भएको थिएन अनुहार । मामाको नाम लिएर आमाकोमा आधार बनाएर परिर्वतनको संकल्प गर्नेहरु आमा तिमी सबथोक हौ भन्न भ्याउथे मेरी आमालाई हो जस्तो लाग्यो । आफुले लगाएको गुनियू उनीहरुको लाज ढाक्नमा प्रयोग गर्नु हुन्थ्यो । खोले पाक्दै गरेको घरमा छोराछोरीको भोक भन्दा उनीहरुको पेट प्राथमिकमा परे । जो आउछ आँखा नियाल्नु हुन्छ र भन्नु हुन्छ आज मेरो परिश्रमले भोलि तिमीहरुको गन्तव्य बन्यो भने जब मेरो साहरा बन्ने बेलामा सायद मलाई चिन्दैनौ होला है ? गम्भिरतामा मलिनो मुद्रामा सोध्नुभयो ।‘

रीर लिएर आफु समेलिन , आफ्ना समेल्न , परिवार, घर , छरछिमेक, दाजुको उपदेश यबत कुरा समेल्दा पनि आएको ओठको हासो, सपनाको चाङ्ग, भोलि आउने शुविहानि, अपाङ्गो बनाइ गएको त्यो हातको उद्देश्य यी सबै कुराहरु सोच्न भ्याउने जात हो र छ आमा । मामा झन देश हाक्ने खुबी लिएर धर्तिमा पैदा हुनुभएको हुनसक्छ ।

सोचले पुगेन गर्नु पर्छ , कर्ममा विस्वास राख्ने परीवर्तनको सुरुवात आफै बाट गर्नु पर्छ भन्ने दिमागले कति सोच्न भ्ययो होला ? पुर्ण समय परिवर्तन आहुती दिने र निमुखाको बोलि विक्ने बनाउन आफ्नो सबै समय खर्चेर मन, बचन र कर्मले लाग्दै गर्दा म भन्दा हामी शब्द अङ्गाल्दै गर्दा म शब्द हराएको आफैलाइ पत्तो भएन छ । यही हामी भित्र देशका रङिगन सपना थिए, सुशासनका दर्बिला खम्बा थिए, खम्बालाई काध हाल्दै गर्दा आफ्नाले फेद काटिदिएछन् मामालाई पत्तै भएन । आमालाइ पत्तो भएको थियो ।

अ‘भयो आमा जब मामाको आवश्यक पर्छ तब मेरो अनुहार नियाल्नु । म बन्ने छु तपाईको भरोसा । मामाले जति आधार दिने खुबिमा कमि होला व्यवहारमा हुने छैन । धुरीखाबो बिनाको घर तपाई कसरी कल्पना गर्न सक्नु हुन्छ ? मियो बिनाको दाइमा दयरेको कस्तो हालत होला, कसरी चुलाउने टौवाको मुली र बनाउने टौवा । फुल्दै गरेका हजुरबुवाको ओठमाथिका जुँगा आफसे आफ एक एक गरी झर्न थाले ।

झरेका यी जुँगा देखेर हजुरबुवा दङ्ग पर्नुहुन्थ्यो । कसरी समाल्ने फेदै झरेका ती रौहरुलाई । देशको चिन्ता यकातिर परीवारको चिन्ता अर्को तिर । देश रोयो, योजनाहरु लथालिङ्ग भए, भरोसाको आधार टु¥यो । नरोएका मन साएदै होलान् । रुवाउन खोजेका होइनन् मामाले दुनयिालाई बोलाउन खोजेका हुन । कोहि बोलेनन्, सन्नाटाले छाएको अँध्यारो आकाश मुनि कहिल्यै बत्ति बलेन । माइजुको हास् हरायो, दिदीको आखा ओभाएको मैले कहिल्यै देखिन ।

दाजुहरु अनुहार फुङ्ग गरेर हिडेको देख्न मेरी आमाको मन कहिल्यै खुसि भएन । आखिर मामाको समाधान आमा संग थिएन । नओभाएको आँखा कुडिएको मन दाईहरुका सेता दाँत कहिले देख्न पाउछु र ओसीएको मन सुकाउला भन्दा भन्दै आज सम्म आइपुगे । ओसाएर टुसाएका पालुवाहरु ओसीलोले कुहिदै टुसाउदै गरे । तापले भन्दा ओसले खाएको मन सुकाउने र ओभाउने कुनै यस्तो चिज बनेन । आमा सधै मामाको हत्केलाको छहारी बन्न हर तरहले कोसीस गर्नुहुन्छ कसरी सफल हुने ? आफ्नो टाउकामा हत्केलाको ओत लाउन सक्ने खुबि नभएकी आमाले कसरी ढाकुन मामाको छाँया ? अनबरत कोसीस गर्नुहुन्छ ।

जब दाइहरु घर आउनुहुन्छ तब आमाले मामा देख्नु हुन्छ रे । मामाको प्रतिबिम्बत भाइहरु आउदा आमाले मामाले सिकाए झै अनुहार नियाल्नु हुन्छ रे । ओठ भित्र छिपेका ति सेता दाँत जब सम्म देखिदैन तब सम्म आफ्नो मन शान्त गर्न सक्नुहुन्न रे । अपेक्षा गर्नुहुन्छ रे ति सेता दाँत छिटो देखियोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend