logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

१११ औं जन्म जयन्ती रामेछापमा पनि भव्य रुपमा मनाइयो


  • जन आकाश
  • सोमबार, भाद्र २४ २०८१

oplus_2

मोहन कार्की ।



रामेछाप । बिपिको १११ औं जन्म जयन्ती रामेछापमा भव्य रुपमा मनाइएको छ। नेपाली काङ्ग्रेसका रामेछाप जिल्ला सभापति  रामेछाप जिल्लाका प्रतिनिधि सभा सदस्य,  उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङको उपस्तिथिमा मन्थलीस्थित तामाकोसी सामुदायिक सस्पताल अगाडी रहेको बिपि चोकमा बिपिकै सालिक भएको स्थानमा उपसभापति लेख बहादुर कार्कीले कार्यक्रमलाइ सम्बोधन गरि भव्य रुपमा कार्यक्रम शुरु भएको हो।

उक्त कार्यक्रममा रामेछाप जिल्लाका नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरु, लोकतन्त्रमा आस्था राख्ने सर्वसाधरणहरुको बाक्लो उपस्तिथिमा उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङले महामानव बिपिको सालिकमा मल्यापर्ण गरि भव्य बनाएको छ। बिपिको सालिकमा लाइनबद्द भइ उपस्थित सवैले बिपिको सालिकमा माल्यापर्ण गरेका छन् ।

सोहि अवसर पारेर तामाकोसी सामुदायिक अस्पतालमा रहेका बिरामीहरुलाइ फलफूल वितरण गरिएको छ। त्यसैगरी दिलश्री मेडिकलमा रहेका बिरामीलाइ पनि फलफुल वितरण गरिएको छ।

राज्यमन्त्रीलाइ काङ्ग्रेसकै कार्यकर्ताद्वारा कालो झन्डा

त्यसैगरी रामेछाप सामुदायिक अस्पतालमा फलफुल वितरणको लागि रामेछाप अस्पतालमा जाने क्रममा  नेपाली काङ्ग्रेसजिल्ला सचिव दिपक खडकाको नेतृत्वमा कालो झण्डा देखाएर बिरोध जनाएका छन् ।कालो झन्डा देखाउने क्रममा प्रहरी र नेपाली काग्रेसका कार्यकर्ता बिच घम्साघम्सि हुदा नेपाली काङ्ग्रेसका कार्यकर्तालाइ सामान्य चोट समेत लागेको छ। भने केहिलाइ नियन्त्रणमा लिएको छ। रामेछाप सामुदायिक अस्पतालमा फलफुल बोकेर पुगेका राज्यमन्त्री कालो झण्डा देखाउने कार्यकर्ताको अवरोधका कारण अस्पताल नछिरी फर्किएका छन् । यतिबेला रामेछाप जिल्लाको रामेछाप डाडामा रहेको पा्रदेशिक अस्पतालमा फलफुल वितरणको कार्यक्रम भइरहेको छ।

बिरोधको दृश्य यहा हेर्नु होला

https://www.facebook.com/share/r/Btckk1oArCpNvdKk/?mibextid=oFDknk

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend