logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्वाई सरोज पोखरेलको सम्झनामा सुरेश वाग्ले


  • जन आकाश
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं । जीवनको विभिन्न चक्रहरुमा आउने सम्बन्धहरु विभिन्न तरिकाले आउछन् जान्छन् । कुनै सम्बन्धहरु यस्ता हुन्छन् जसलाई गोड्न मन लाग्छ, जोड्न मन लाग्छ र नचाहदा नचाहदै छोडिन्छ पनि कोहि यस्ता सम्बन्धहरु हुन्छन् भौतिक रुपमा नरहे पनि सम्झनामा जीवन्त रहन्छ । मेरो आदरणीय व्यक्ति हुनुहुन्छ सुरेश वाग्ले ।



द्वन्द्धकालमा मारिनु भएको माओवादीका सबै भन्दा ठूलो नेता हुनुहुन्थ्यो सुरेश वाग्ले । उहाँसंग मेरो त्रिआयामिक सम्बन्ध थियो । असल साथीको सम्बन्ध, पारिवरीक सम्बन्ध र राजनीतिक सम्बन्ध । म स्कुल पढ्दा मलाई अलि अलि याद छ २०३६ सालको विद्यार्थी आन्दोलनले पंचायतको विकल्प बहुदल हो या होईन जनमत संग्रह गरायो । म स्कुल पढ्दा चुणामणी कट्टेल लगाएत अन्य सरहरुका राजनीतिका कुरा गाईगुई सुन्थे । विद्यार्थी जीवन देखि समाज सेवाको भावहरु सल्वलाउथे । विद्यार्थी संगठनमा आवद्ध हुदै जनताको सेवामा आमाको आँखा कान छलेर फुत्त फुत्त निस्कन्थे ।

मेरो आमा यस्तो चाहनु हुन्नथ्यो सायद म एकमात्र सन्तान भएर होला आमा खुव पिरिनु हुन्थ्यो । कक्षा दशमा अध्ययन गर्दे गर्दा आमाले मेरो विहे गर्न जोड गर्नु भयो । मलाई लाग्छ आमालाई मेरो काम उति मन परेको थिएन र विहे पछि उसले यस्तो बाटो छोडेर आफ्नो घर गृहस्तीमा लाग्ने छ । पंचेको पालामा गड्गडाएर हिड्नु भएको भोजराज वाग्ले म अलि अलि चिन्थे । उहाँको छोरी संग विहे गर्ने पक्का भयो । सुरेश वाग्लेको कान्छी बहिनी । कन्यादान दिदै भन्नु भयो ल ज्वाईसाव मेरी बहिनी हजुरको हातमा थमाएको छु पाले पुन्य मारे पाप यहि दिन देखि सुरेश संग मेरो पारिवारीक सम्बन्ध जोडियो । शिक्षकको रुपमा चिनेको उहाँलाई अव परिवारको रुपमा पाएको थिए । म कहिले काहि ससुराली जान्थे उहाँलाई भट्थे संगठनका कुरा हुन्थे, शिक्षकका अधिकारका कुरा हुन्थे, सर्वहारा वर्गलाई क्रान्तिका माध्यमबाट सशक्त रुपमा उभ्याउन सके उनीहरुले नै आफ्नो अधिकारका निम्ती लड्थे यी र यस्ता कुरा बहुसंख्या मानिसको बिचमा नेतृत्व गर्नु हुन्थ्यो ।

अस्थायी रुपमा शिक्षक हुनुभएको उहाले स्थायी हुन निकै प्रयात्न गर्नु भयो । राजनीतिक पुर्वाग्रह राखेर स्थायी गराएन तत्कालीन सरकार कृष्ण प्रसाद भट्टराईको थियो । २०४७ साल देखि पाटीको पूर्णकालिन कार्यकर्ता हुनुभयो । संगठन विस्तारको क्रममा यदाकदा भेट हुन्थ्यो । विभिन्न कुरा सिकाउनु हुन्थ्यो । संगठन विस्तार कसरी गर्ने, भारतीय विस्तारवाद र अमेरीकी साम्राज्यवाद हाम्रो देशको रोग हो । सर्वहारा मुक्तिका लागि ज्वाई हामीले राजनीति गर्नु पर्छ ।

राज संस्थाको अन्त्य र सर्वहारा वर्गको लागि हामी सधै लड्नु पर्छ भन्नु हुन्थ्यो । होस्टेमा हैसे गरे । कृषि क्रान्ति हाम्रो मुल लक्ष्य हो कोहि खान नपाएर मरीरहेछन् कसैकाजमिन बाजो छ यो हुदा खाने र हुनेखाने विचको खाडल पुर्नु छ यसका लागि पनि संगठित हुनु पर्छ हामी सधै लड्नु पर्छ ज्वाई साव  २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट गोरखा २ नम्वर क्षेत्रको उमेरद्वार हुनुभयो । सर्वहारा वर्गलाई उन्मुक्ति गराउने अभिप्रायले चुनावि मैदानमा आई राख्दा यो भन्दा खुसिको कुरा के हुन सक्छ मेरो लागि चुनावले देश तातिरहदा हामी पनि व्यस्त थियौ प्रचार प्रसारमा । घर दैलो गदै हिढ्यौ । मेरो ठुलो बाको छोरो रानेन्द्र पोखरेल मुरली बजाउन खप्पिस थियो । बाटो हिड्दै गर्दा पनि मुरलीको तिरिरी धुन निकाली हाल्थ्यो हामी उसलाई उडाउदै भन्थ्यौ तेरो विहेमा बाजाको साटो यहि मुरली बजाउने भयौ योइ राजेन्द्र , गलल सबै जना हाँस्यौ बाटो काटेको पत्तो भएन ।

राजेन्द्र ढकाल, सम्भु भट्टराई, जनार्जन ढकाल, भवदत्त पोखरेल, भोजराज घिमिरे, शङ्खर घिमिरे लगाएत धेरै जना थियौ । त्यसमा पनि हस्यौली पाराको राजेन्द्र पोखरेल नै थियो । गाँखु, जरेवर, नयाँ साघु चापाभन्याङ्ग, भैसेपानी, ध्वाकोट लगाएत विभिन्न ठाउँमा घर दैलो गरियो । उमेरको जोस थियो, परिवर्तनको जोस थियो , संकल्पका योजना थिए । दिन रात हिडियो बासुरीको भरमा । दालमोठ र चिउरा फाको मार्दै बाटोमा भेटिएको पानीको धारोमा हत्केलाको खोचि बनाएर खादै चुनाव प्रचार प्रसार गरियो । जनविस्वास राम्रै थियो । सुरेश दाइ जनताको आखामा नविजाउने गरी बस्नु भएको थियो ।

नरम बोलि, लुरे छ नभन्नुहोस् , के गर्न सक्छ र यस्तो लुरे बाउनले भन्ने लाग्ला तर त्यस्तो होइन बुद्धिको लडाईमा तपाईहरुको मतको आवश्यक पर्छ । जिताएर पठाए पछि तपाईहरुको मुक्तिको लागि आवाज उठ्ने छ तपाईहरुले चाएको नीति बन्ने छ । हामी सर्वहारा वर्गको मुक्तिका लागि लडिरहेका छौ । घर छेउको आफैले बनाएको स्कुल जनज्योति नि मा वि मा बुथ केन्द्र थियो । जनमोर्चा भयो भनेर आरुबोटेका साथीहरु लाठो लिएर गोध्न आए । मेरो समाजमा जनमोर्चा कोहि थिएन । म एक्लै लडिरहे । काङ्ग्रेसको अखडा भएको ठाँउमा एक्लै जनमोर्चा भएर उभिन उति सजिलो भने थिएन । सुरेश दाइको साथ र सहयोगले विस्तारै संगठित हुदै भक्ति लामिछाने, हितराज पाण्डे, बावुराम भट्टराई, वीर बहादुर गुरुङ्ग, लेखनाथ न्यौपाने, चुडामणी कट्टेल, ख्यामराज पण्डित, नरनाथ मरहट्टा लगाएतका साथीको साथ र सपोट सहयोग मिलेर चुनाव सफल भयो । कारण बस् सुरेश दाइले १३०० मतले चुनाव हार्नु भयो मलाई लाग्छ सुरेश दाइले चुनाव हार्ने मान्छे होइन । चुनावको परिणम उल्टो आयो मैया देवीले जितिन् स्थानिय भन्दा बाहिरी मान्छेलाई टिकट दियो खै पाटीले के विचार ग¥यो अनविज्ञ थिए र छु । भारत बाट ल्याएका पतका घर घेरेर पड्काउन भएभरका सबै कांग्रस लागि परे । माटोले बैगल छापेको घरको तालमा निशब्द सुतिरहे ।

२०४८ सालमा गा वि स को उपाध्यक्ष पदमा संयुक्त जनमोर्चाबाट टिकट दियो । सुरेश दाइको अतुलनिय सहयोग बाट चुनाव जित्न सफल भए । जनताको सेवामा लागिरहदा जनता भने खुसि थिए । म भष्टचार गर्दिन र गर्न पनि दिन्न यो मेरो धृण संकल्प थियो । मण्डली मा वि स्कुलमा गा वि स को आर्थिक बर्षको आय व्याय सुनाउने क्रममा एकता मसालको भन्डाफोर अभियान थियो । आफ्नो मन्तव्य दिए अलि कडै थियो जनाताको रगत चुसेर भष्टचार गर्नेलाई जनताले नै कारवाइ गर्छन ।

मैले कसैको केहि खाएको छु भने भन्नुहोस् र प्रमाणीत गनुहोस् छ ? देखाउन सक्नुहुन्छ ? म यहि जुत्ताको माला लगाउन तयार छु । जनता खुसिले हररर ताली पिटे छ भन्ने कोहि निस्केनन् । अनि म घर तिर लागे । भोलि पल्ट गाविस र स्कुल विदा थियो । दिनभरी घरतिर नै भए । त्यस दिनको राति गाविस अध्यक्ष वलराम पोखरेलको मृत्यु भयो भन्ने खबर आयो छागा बाट खसेजस्तो भयो । सुरुवाल र टिसटमा लखर लखर वलरामको घर तिर लागे । कारुणीक रुपले विभस्य हत्या गरिएको थियो । म अन्जान थिए किन र कसले हत्या ग¥यो । संगै काम गरेको सहपाठिको यस्तो हालत देखेर म झसङ्ग भए ।

पुलिसले तपाई संग केहि सोधपुछ गर्नु छ सरोज जी हामी संग हिड्नुहोस् मैले हुन्छ भने । हर्मीको चौकिमा एकछिन राख्यो र तपाई गोरखा जानु प¥यो सरोज जी हामी संग हिड्नु । पल्लागाउ युवराव दाइलाई कपडा भुसुन्ने खोलामा झार्दिनु रे भन्ने खबर छोडे र हर्मि बाट हिडेर भुसुन्ने खोला हुदै गोरखा तिर लागे पुलिसको अघि अघि । खोलाको किनारमा बगालेको घर थियो युवराज दाईले मेरो कपडा बोकेर आउनु भएको रहेछ त्यहि बगालेको आगनमा उभिएर लगाए । २०५३ पुस २७ गते पुलिसले गिरफ्तार गरेर हिरासत राख्यो ।

विना कसुर सजाएको भागिदार बन्दै थिए । रात भरी निद्रा लागेन आफुले गरेको कर्म एक एक गरी नियाले । कहि कतै कमजोरी भयो त खोजे तर भेटिन विना गल्ती हिरासतको बसाई असैय भएको छ । घरको बुढि आमा सम्झन्छु उहाँले मलाई भन्नु भएको थियो यो राजनिति फोहोरी खेल हो बावु यहाँ अवसर पाए जसले जे पनि गर्न तयार हुन्छन् । तिमी यो बाटो नहिडेको बेस साच्चै मलाई मेरी आमाको शब्द झल्झली याद आयो । त्यो हिरासतको बसाई सम्झदा अझ पनि मेरो दिमागले काम गर्दैन ।

अमानवीय व्यवहार दिन र रात मा फरक थिएन, पुस माघको जाडो, सिमेन्टको चिसो छिड,दिसा र पिसाव उहि गर्ने र उहि बस्ने, जब बेलुका हुन्छ तब बाल्टी भरी ढलको पानी ल्याएर ढोल्दिने काम दैनिक हुन्थ्यो कसरी बस्ने यो सुगुरले झै फेरी आफुले गल्ती गरेको भए आत्मा ग्लानि हुन्थ्यो होला म त विना गल्तीको यो निरीह सजाए भोग्दै थिए । उज्यालो कति बेला भयो र अध्यारो कति बेला हुन्छ कुनै पत्तो थिएन । आज छोड्ला छैन भोलि छोड्ला छैन ।

फेरी पनि मनमनै कमजोरी नै खोजी रहे । गल्ती गरेको मेरो मनले भेटेन । दिनत सोचेर वित्थ्यो जव अब रात प¥यो भन्ने भएपछि भुस्तीग्रे जसलाई मानव भन्दा तल्लो व्यवहार गर्न आउछ हो त्यस्तो मान्छे फलामको छडी लिएर आउथ्यो । निरमम गोध्त्यो र भन्थ्यो तैले नगरे कसले ग¥यो बलरामको हत्या ? यसले ग¥यो भन्न लाई त थाहा पनि हुनु प¥यो नि ? यो भन्दा अर्काे म संग बोल्ने कुनै शब्द थिएन ।

एक दिन त असैय भयो फेरी त्यसरीनै भन्यो तै ले नगरेको भए कसले ग¥यो भन भन्यो छडीले पिटेर सन्थनिएको म भन्छु भन्छु भने एक छिन भय पनि पिट्न छोड्यो ल भन भन्यो मेरो पालो भन्दीए तैले मारीस् तैले मारेको होस् । अब के चाहियो र छाला काडेर नुन चुक दले पछि भन्ने र नभन्ने थाहा हुन्छ भन्दै गयो । रुन मन लाग्यो मेरी आमाले के खान्छस् बावु घिउ र तर खा बलियो हुन्छस् भन्दै खुवाएर वनाएको शरीर वरर आँशु झ¥यो ।

१५ दिन वित्यो हिरासत बसेको ननिदाएको पनि १५ दिन नै भयो । हिरासतमा आफ्नो मान्छे कोहि पनि जान मिल्ने नियम छैन तर मेरो भान्दाइको छोरा सुनिल ढकाल एकजोर कपडा लिएर उहि हिरासत पुग्यो यो संसारको होनाहार मान्छे मेरो अगाडि आएको छ यस्तो भान भयो । मलाई अझै पनि अचम्म लाग्छ यो सुनिल कसरी त्यो हिरासत पुग्यो होला ? रामनारायणको बुवा पछि मलाई भन्थे सरोज हिरासत बस्दा म मलाई गोदेको भन्दा पनि तिमीलाई गोदेर दङ्ग दङ्ग गरेको आवाजले बढि रुन्थे विना कसुर यस्तो राम्रो मान्छेले यस्तो सजाए भाृग्दै छौ के गर्नु आखामा राख्दा पनि नबिजाउने मान्छे मार्छन् कि क्याहो असतीहरुले यहि पिर लाग्थो ।

जब बेलुका हुन्छ आँखामा पट्टि बाधेर तलाई बाच्न मन छैन ? मैले तेरो कम्पारोमा बन्दुक पड्काउन लागे छिटो भन्छस् कि बन्दुक पड्काम यस्तो व्यवहार हरेक दिन हुन्थ्यो ३० दिन भन्दा राख्न नपाइने हिरासतमा म ३२ दिन बसेको छु । मेरो जीवनको सबै भन्दा अध्यारो पाटो जसले मलाई विना कसुर सजाए दिएको छ । अदालतको प्रक्रिया अगाडि बढ्यो ३२ दिन को बेलुका हिरासत बाट जेल चलानि भयो । हिरासत बाट जेल जादा देखिएको अलिकति घामलाई म आस्चर्य मानेर हेरीरहे ।

तत्कालीन समयमा सुरेश दाइ भुमिगत हुनु भएको थियो । उहाँ संग धुवाकोटमा भेट भएको थियो । उहाँले भन्दै हुनुहन्थ्यो शिक्षक संघबाट सुरु भएको संगठनको यात्रा अब पुर्णकालीन हुन्छ होला ज्वाईसाव पाटीको आन्तरीक योजनाहरु तयार हुदै छ के निष्कर्ष आउछ भुमिगत हुनुपर्छ होला जस्तो छ । त्यस पछि कहिल्यै भेट भएन । मेरा ससुरा बा ले जेल यात्रामा निकै कस्ट गर्नु भएको छ । वकिल, मुद्दा, अदालत न्यायधिस्, खर्च यबत कुरा तत्कालिन समयका कांग्रेसका सभापति भएका चन्द्र प्रसाद न्यौपाने जिल्लामा नै थिए उनले चाहेको भए नहुने कहि थिएन ।

तर गरेनन् मलाई गुनासो पनि छैन । अझ भनौ कमला पन्त मेरो सानिमा हुनुहुन्थ्यो सांसद हाकेर हड्निे उहाँ म कम्युनिष्ट भएकैले सैद्धान्तिक द्धन्द्व थियो । अपेक्षा पनि थिएन र केहि गर्नु पनि भएन । केहि समय पछि बलरामको हत्या गरेको माओवादी पाटीले जिम्मा लियो । ज्यान मारेर केको राजनिति गर्छन् आक्रोस भन्दा ग्लानी लाग्यो हुदा खादाको मान्छे मारेर निर्दाेस मान्छे लाई जेल हालेर कस्तो निति ल्याउलान् ? मनमनै प्रश्न उठ्यो । कानुनि भाषा र अनि रे ले फरक पार्छ , साक्षी चाहिन्छ ।

पल्ला घरको बावुराम दाई मेरो दर्विलो साक्षी थिए किन की म दिन भरी उनकै घरमा बसेको थिए । के थाहा उनलाई कानुनि भाषा (र) उच्चारण गर्दा र नगर्दा फरक पर्ने यस्तो भाषा । जेलमा धेरै मानिस भेट्न आउनु भएको थियो डायरीमा सबै कैद गरेर राखेको थिए सबै धमिराले खाए छ । म आभारी छु म निर्दाेस छ भनेर भेट्न आउने मेरा प्यारा जनमानस प्रति । सिद्धान्तहरु निकै पढे निष्कर्ष आफै निकाले नराम्रो समयको सदुपयोग गर्दाको परिणाम राम्रो आउनु पर्छ । हिरासत बाट काङ्ग्रसको कन्सुत्लो व्यवहार बाट जेल पठायो । तत्कालिन सभापती चन्द्र प्रसाद न्यौपाने थिए ।

पुरपक्षको निम्ती सरोज जी तपाईलाई जेल चलानी गरीएको छ भने म लखर लखर जेल गए । जेलमा (ख) वर्गको सिदा खान पाउने गरी सभापती न्यौपानेले व्यावस्था मिलाए । अवस्था र व्यवस्थामा निकै फरक थियो । हिरासत जस्तो सकसिलो जीवन जेल अलि नहुदो रछ । सजिलो हुन्छ भनेको हैन शारिरीक यातना चाहि कम हुने रहेछ । मानसिक यातना बढि दिएर मनोबल गिराउन के के चाहि भन्न बाकि राखेनन् । संगै जेल परेका साथी भक्ति लामिछाने, देव प्रसाद गुरुङ्ग, आशाकाजी श्रेष्ठ, लोक प्रसाद बन्जरा, गिता पनेरु, सित्तल पोखरेल, उद्व गुरुङ्ग, हरि प्रसाद पोखरेल, रामचन्द्र पोखरेल, भिष्म कुमाल कति साथीको नाम पनि मैले विर्से । बुढो हुदै गए पछि नाम याद गर्न पनि गारो हुदो रहेछ । देव प्रसाद गुरुङ्ग मेरो रुम पाटनर थिए ।

उनि संग मेरो असाध्यै आत्मीएता जोडिएको छ । दिनहरु सधै एकै भएनन् । घर सम्झन्छु परिवार सम्झन्छु । निर्दाेस देखिएको, आखा पिल्पिल गर्ने बुढि आमा, निशब्द हेरीरहेको छोरो, नग टोकेर पिडिको खाबो समाएर आशु खसाली रहेकी बहिनी  म यी सबैको अभिभावक थिए । चलखेल गरेर यदि मुद्दा उल्टाएर मलाई जन्म कैद बनाए भने यी अबोद र निर्दाेस मनले के सोच्दो हो एक एक मिनेटमा पिरोल्यो । भेट्न आउने मेरा आफन्तहरु संग ठिक छ चाडै छुट्ने कुरा भएको छ न आत्ति बस भन्दिनु है खबर छोड्थे । चिठी लेख्थे, घर परिवारमा उत्तर दाईत्व बहन गर्नु पर्न म बिना कसुर जेल छु ।

आफैमा प्रश्न गर्छु । के मजा आयो होला मलाई जेल हालेर । निर्दाेस मान्छेको चित्कारमा कसरी हास्न सकेका होलान् । कस्तो नरोएको त्यो मन, किन नकापेको होला त्यो हात । भोलि म छुटे पछि मेरो अगाडि कसरी उभिने होला । प्रतिसोध मनमा आएन र गरीन पनि । का होर नरीसाएको यो मन तर समेल्नु थियो । समेले । ११ महिना जेल बसे । अदालतमा मुद्दा जितेर निर्दाेस सावित भएको म दुनियालाई देखाउन मन भन्दा अदालत नै कििफ भयो हुदैनथ्यो भने मनले त पहिल्यै नै निर्दाेस छ भनेको थियो । प्रमाणीत गर्न अदालत चाहियो । निर्दाेस छ है भनि प्रमाणित गर्ने न्यायधिसलाई म उच्च सम्मान गर्छु ।

२०५४ असोजमा म जेल मुक्त भए । पुर्न जन्म पाए । संसार फेरीयो । घर आउदा खोल्सामा लगेर तलाई मार्दीम् आखामा कालो पट्टी बादेर कन्चटमा गोली ताकेर भन्दा थरथरी कापेको सम्झे । अनि फेरीएको नया जन्म संग तुलना गरे ।

सत्यले न्याय ग¥यो । म संगका साथी कोहि पहिले नै छुटेका थिए त कोहि अझै जेलमा थिए । कोहिलाई एक ठाँउ बाट अर्काे ठाँउमा सरुवा गरेको थियो । मैले भने आमाको काख पाए । सुरेश वाग्लेको देन संग जोडिएको वामपन्थी नेताको सरकार भयो । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भयो । हाम्रो पाटीको अध्यक्ष प्रधानमन्त्री हुनुभयो । युद्ध कालका पिडितलाई विभिन्न किसीमले संबोधन गरीयो । निर्मम यातना भोगेको म पाटीको राहात भित्र राखेन । हुनत यो अधिकार खोजेको हैन तर सबैले पाएको राहतमा म किन छुटे जिज्ञासा छ ।

म अल्ली खुल्ला जीवन शैली विताउन थाले । साथी भाई भेट्थे नाफा आको जिन्दगी । घर देखि गाविस, गाविस देखि घर दैनिकि थियो । गाविसमा यसै गफीदै थिए । दुई जना पुलिस हस्याङ फस्याङ गर्दै हत्त पत्ति मलाई सुनाए एक जना दुप्लो दुप्लो पातलो पातलो हेर्दा बाहुन जस्तो देखिन्थ्यो मेरो परिचय हेरयो अनि बल्ल अगाडि बडयो भन्दै थियो सकेर आको । खुबै सानले भन्यो । म झसङ्ग भए । सुरेश दाइ भुमिगत हुनुहुन्यो । हागाबाट खसे जस्तो भए । कति शक्तिसाली कल्पना सबै कुरा सोच्न भ्यायो । घर आएर बुढिलाई सबै कुरा भने । कहि समय पछि पाटीको आधिकारीक निर्णय आयो । माओवादीको ठूलो नेता हुनुभएको सुरेश वाग्लेलाई नेपाल प्रहरीले विभत्स्य हत्या गरेर मारेछ । आधार ढल्यो, टुहुरो जस्तै बने आमा हुदाहुदै म त भन्छु सुरेश दाइ मारिनुमा पाटीको केहि कमजोरी छ ।

निर्वाचनको वेलामा घर दैलो गर्दै हिडेको ठाउँमा घर घर परिचित छ हरेक मान्छेले चिन्छ भन्ने कुराको ख्याल राखेको भए मलाई लाग्छ उहाँ मारीनु हुदैनथ्यो । युद्धकालमा फेरी सोहि ठाउँमा खटाउनु, पाटीले उचित गरेको जस्तो लाग्दैन । संसद हामीलाई चाहिदैन भन्नेहरु आज संसदमा मुठी बटार्दै उभिएको देख्छु सुरेश दाइ यहि व्यवस्थाको अन्त्य गर्नलाई आफुलाई मृत्यु सैया रोज्नु भयो आज त्यहि मान्छेहरु हाली मोहली गरी राखेका छन् । यसो नियाल्छु वामपन्थी र गैर वामपन्थि छुट्टाउन मलाई गारो परेको छ । माओवादीमा टिकट पाउन पैसाको खुलेआम वार्गेनिङ हुन्छ म सुरेश दाइ लाई सम्झन्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend