जन आकाश
काठमाडौं– कृष्ण रसाल नेपाली नृत्य क्षेत्रमा स्थापित नाम हो । उनको कोरियोग्राफमा रहेका थुप्रै गीत लोकप्रिय छन् । नेपालमा मात्र नभएर उनी देश बाहिर पनि नेपाली कला संस्कृति चिनाउन लागि परेको देखिन्छ । उन्ले नेपाली संस्कृतिलाई विभिन्न देशमा प्रदर्शन गरेर देशको पहिचानलाई टेवा दिएका छन् ।
हालसालै रसालकोे टिमले युरोप यात्रा गरेको थियो उक्त टिमले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा सहभागी भएर नेपाल फर्किएको छ । जहाँ उनको टिमले त्यहा कलाकारलाई आफ्नो लोकनृत्य सिकायकोे थियो । रसालका अनुसार युरोपका विभिन्न देशका लगभग तीनसय जति कलाकारलाई नेपाली नृत्य सिकाएको जानकारी दिएका हुन । रसालसहित नृत्य निर्देशक जोगेन्द्र केसी लगायतका उनको टिममा रहेका थिए । उनिहरूले त्यहाँ नेवारी, झ्याउरे र तामाङ सेलोलगायतका नृत्य त्यहाँका कलाकारलाई सिकाइएको थियो ।
सांस्कृतिक मेलामा फ्रान्स, स्पेशन, पोल्यान्ड, बुल्गेरिया, पोलिभिया, मलाबी बोस्निया हर्जगोभिना, ब्राजिल, इटाली, स्पेनसहित नेपालका कलाकारहरूले आ–आफ्ना देशका लोकनृत्य प्रस्तुत गरेका थिए । एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख रामचन्द्र कोईरालाको संयोजकत्वमा निर्देशक सीतल आचार्य, उत्तम शर्मा, बाल कलाकार सिराज कोइराला लगायत १७ जना कलाकारको टोली युरोप पुगेर फर्किएको हो ।
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपाली कलाकारले मारुनी, थारु, तामाङ सेलो, झ्याउरे टप्पा जस्ता विभिन्न नृत्यहरु प्रस्तुत गर्दै आएको निर्देशक रसालले जानकारी गरागएका हुन । केही महिनाअघि एभरेष्ट नेपाल कल्चर ग्रुपले नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाल, युरोपसहित १२ मुलुकका कलाकारले लोक नृत्य प्रस्तुत गरेका थिए । नेपालमा आएका तिनै युरोपका स्पेन र फ्रान्सका कलाकारहरूको निम्तामा लोक सांस्कृतिक नृत्य प्रस्तुतका लागि आफूहरु युरोप पुगेर फर्किएका मध्य एक कृष्ण रसालले जानकारी दिएका हुन् ।
उनका अनुसार नेपाली संस्कृतिलाई विदेशमा पनि नेपालमा जस्तै उतिकै महत्व दिइदो रहेछ । हाम्रो युरोप भ्रमणमा त्यो महसुस गर्न पायौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend