जन आकाश
बिनोद कार्की ।
काठमाडौ । नेपाल एल.पि ग्यास उद्योग संघमा नेतृत्व पक्षहरूलाई लिएर व्यापक मनमुटाव देखिएको छ । संघका निवर्तमान अघ्यक्ष कुश प्रसाद मल्लीले शिर्ष समन्वय समितिवाट ,वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ,महासचिव जीत ब. कार्की , पुर्व उपाध्यक्ष एवं सल्लाहकार मार्स प्रसाईं र का.स सदस्य आादित्य पराजुलीले संघमा सामुहिक राजिनामा बुझाएका छन् ।
अघ्यक्ष शिव प्रसाद घिमिरेले आफनो व्यक्तिगत कम्पनी जसरी संस्था संचालन गर्ने गरेको र आफना पक्षकालाई मात्र जानकारी गराई पदाधिकारी वैठक बसी आफुहरूलाई व्यक्तिगत लाभ हुने गरी निर्णयहरू गर्दै आएकोले वाध्यात्मक रूपमा सामुहिक राजिनामा दिएको बताएका छन । उक्त कदम प्रति वारम्वार ध्यानाकर्षण गराउदा पनि अघ्यक्षवाट संस्थाको विधि विधानलाई लत्याउदै आएको उनिहरुको राजिनामा पत्रमा उल्लेख रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend