logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

डान्सबार सञ्चालकसहित ३ जना पक्राउ


  • जन आकाश
  • सोमबार, असोज ७ २०८१

काठमाडौं– डान्सबार सञ्चालककै योजनामा ग्राहकमाथि लुटपाट भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखालका ३२ वर्षीय सरद तामाङ, काभ्रेकै नमोबुद्धका २१ वर्षीय कृष्ण तामाङ र नमोबुद्धकै २६ वर्षीय अजय तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका सरद काठमाडौंको माछापाखेरीमा रहेको फ्लोरिडा डान्सबारका सञ्चालक रहेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनकै योजनामा डान्सबारमा आएका ग्राहकमाथि लुटपाट भएको एसपी आचार्यले बताए ।

यो समूहले डान्सबारमा आएका ग्राहकहरुसँग अनुचित रकम लिने, नदिए कुटपिट र लुटपाटसम्म गरेको भन्दै असोज ४ गते प्रहरीमा निवेदन परेको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend