logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सिन्धुली धुलिखेल बिपि राजमार्गको नेपालथोकमा रोशिले सडक बगायो


  • जन आकाश
  • शनिबार, असोज १२ २०८१

मोहन कार्की ।



काठमाडौ । निरन्तर बर्षाका कारण विभिन्न ठाउमा बाढी, पैरोले मानिसहरूको जनजीवन प्रभावित बनाइरहेको छ। त्यसैगरी नेपालको लाइफलाइनको रुपमा जापानको प्राविधिक सहयोगमा बनेको धुलिखेल सिन्धुली सडक खण्ड नेपालाथोक भन्ने ठाउमा रोशि खोलाको बाढीले सडक भकाएर बगाएको छ।

आज बिहान उक्त सडक बगाएपछि पुर्व, उत्तर पुर्व आवातजावत गर्ने सवारी साधनमा यात्ररत यात्रुहरू जोखिममा परेका छन् । अहिले काभ्रे जिल्ला प्रशासन कार्यालय र सिन्धुली जिल्ला प्रशासन कार्यालयको समन्वयमा बैकल्पिक बाटोको लागी कुन बाटो सुरक्षित छ भनेर अन्य क्षेत्रमा सम्पर्क भैहरेको जानकारी काभ्रे प्रहरीले दिएको छ।

सम्भवत खैरेनिघाट सुनकोशि तरेर रामेछापको लुभु हुदै पाहाडी लोकमार्गवाट चौरी हुदै  दोलालघाट निलालेर पुर्ववाट आएका सवारी साधन काठमाडौ पठाउनेकि भन्ने रहेको छ।

भने काठमाडौवाट हिडेकाहरुलाइ बर्षा कम नहुनजेलसम्म काठमाडौ तर्फनै सुरक्षीत राक्ने तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend