जन आकाश
मोहन कार्की ।
काठमाडौ । निरन्तर ३ दिनसम्म परेको बर्षाका कारण देशभरी बाढी, पैरोले मानिसहरु प्रभावित भएका छन् । काही बाटोमा अलपत्र छन् । कोही बाढीमा बगेर हराईरहेका छन् । कोही मृत्यु पुष्टि भईसकेका छन् । कतिपय भेटिएका लासहरु परिचय खुल्न बाकी रहेका छन् । देशको सडक सञ्जाल पुरै ठप्प भएको छ । विशेष गरेर मुख्य सडकहरु जस्तै धुलिखेल सिन्धुली राजमार्ग बाढीले सडक बगाएपछि ठप्प छ । काठमाडौ मुग्लिन सडकखण्डमा हिजो गएको पैरोले झयाप्ले खोलामा दुइवटा बस पुरिएको अवस्थामा भेटिएका छन् । बसको नम्बर समेत एकिन हुन सकेको छैन । भने मानिसहरुको त कुरै छोडौ । मुग्लिन पोखरा सडक खण्ड पैरोका कारण बन्द अवस्थामा छ ।
लामोसाधु चरिकोट सडक खण्ड पैरोको कारण बन्द छ । काठमाडौ बाह्विसे खडकखण्ड पैरो र यार्चाकोे पुल बगाउदा प्रभावित भएको छ । हालसम्म गृह मन्त्रालयका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता १०१ जना धाईते अवस्थामा उदार गरी उपचार भईरहेको छ ।
यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend