जन आकाश
काठमाडौ । पूर्व राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टीका लगाई दिने कार्यक्रम तय भएको छ ।
राजाका सचिवालय सचिव फणिन्द्रराज पाठकले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी दिएका हुन् । यहि १८ गते सार्वजनिक भएको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । गएको बर्ष राजा रानी देशका बिभिन्न स्थानका देवालयहरुको भ्रमणमा रहेको हुनाले सर्वसाधरणको लागि टिका प्रसादको कार्यक्रम रहेको थिएन ।
यस वर्ष भने दिउसो ४ बजेपछि सर्वसाधरणको लागि बिजया दशमीको टिका खुल्ला हुने उल्लेख छ । २०६४ जेठ १५ गते गणतन्त्र घोषणा भएपनि जनतामा राजतन्त्र प्रतिको आस्था भने अझै जनतामा रहिराखेको छ । राष्ट्रपति कार्यलयमा भन्दा आम सर्वसाधरण पुर्व राजाको निवासमा टिका थाप्न जाने गरेको विगतका वर्षहरुले देखाएका छन् । राजाको हातको टिका ग्रहण गर्नु भनेको कतिपय नेपाली नागरिकले त भाग्यमानी समेत ठान्दछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend