जन आकाश
काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र बीर बिक्रम शाहद्धारा नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्ष्यमा शुभकामना दिएका छन् । उनले मिश्रित भावमा नेपालीहरु खुसि हुन पनि दशै नै कुर्न पर्ने अवस्था मुुक्ति पायर बाह्र महिना नेपालीहरुले खुसि र सुुःख प्राप्त गरेको हेर्ने चाहना रहेको तर दरवार छोडेको १९ बर्षमा झनै समस्याहरु थपिएका कारण खुसि हुन पनि दशै नै आउनुु पर्ने वातावरणले आफुुहरुलाइ दुुखि र बेचैन बनाएको उल्लेख छ ।
राजाको सचिवालयवाट जारी भएको बिज्ञप्तिमा भनिएको छ ।
“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०८१ को उपलक्ष्यमा बक्सेको शुभकामना
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरु,
हाम्रा घर आंगनमा हाम्रो सांस्कृतिक पर्व वडा दशैं आइपुगेको छ । उल्लास र उमग्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
खुसि हुन र रमाउन दशै नै पर्खनु पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसि र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाँक्षा पुरा नहुँदा हाम्रो वेचैनी बढाएको छ ।
नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ । हाम्रो गाउँबस्ती र शहरी क्षेत्र क्रमश “ युवाशक्ति विहीन ” बन्दै गहिरहेको छ । आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ । रोजगारीको निमित्त विदेशीनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने हाम्रो चाहना हो । बाह्रय शक्तिराष्ट्रहरुको दवाव र दुस्प्रभाव हामी कहाँ नबढोस् , यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमी कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ ।
एकाइसौं शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अन्र्तराष्ट्रिय तनाव झन गहिरो हँुदै गएको छ । यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन । राष्ट्र – राष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिँदै गएको परिदृष्य प्रष्ट नै छ । भू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरु बीचको तनाब र स्वयं घोषित नवशक्तिहरुको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल “शान्त राष्ट्र«”को रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ । यस दिशातर्फ हामी सबैको राष्ट्रि«य संकल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरु नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्यौल र अराजकताले झन पुष्ठि गरेको छ ।
श्री नवदुर्गा भवानीले हामी सबैलाई सत्कर्मका निम्ति प्रेरणा प्रदान गरुन् ।
जय नेपाल ।
मिति २०८१ आश्विन २३ गते”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend