जन आकाश
बिनोद नेपाली
काठमाडौ ।दैलेखको आठबिस नगरमा महिनावारी सम्बन्धी जनचेतना र प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रमलाइ नगरपालिकाकी उप मेयर दीपा बोहोराले हौसला प्रदान गरेकी थिइन।
कार्यक्रममा सहभागी स्थानीय महिलाहरूले महिनावारीका बेला भोग्नुपर्ने चुनौतीहरू र गलत धारणाहरूको बारेमा छलफल गरेका थिए। महिनावारीलाई लुकाउनुपर्ने वा नकारात्मक रूपमा हेर्ने परम्परागत सोचाइलाई तोड्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ।
महिलाहरूलाई महिनावारीका क्रममा अपनाउनुपर्ने सरसफाइका मापदण्डहरू, स्वास्थ्य सावधानीहरू, र प्याडको सही प्रयोगको विषयमा व्यापक जानकारी दिइएको थियो।
कार्यक्रमको महत्वपूर्ण अंश भनेको स्थानीय महिलाहरूलाई निःशुल्क रुपमा प्याड वितरण गर्नु थियो। प्याड वितरण अभियानले महिलाहरूलाई महिनावारीका बेला प्रयोग गर्न सुरक्षित र आरामदायी उपाय प्रदान गरेको छ। प्याडको प्रयोगबारे विस्तृत जानकारी दिइएपछि सहभागी महिलाहरूले यसको महत्त्व बुझ्दै स्वास्थ्य र सरसफाइ प्रति सजग हुने आशा गरिएको छ।
यसले विशेषगरी ग्रामीण क्षेत्रमा महिनावारी सम्बन्धी स्वास्थ्य समस्याहरू न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ।
कार्यक्रममा सहभागी भएका महिलाहरूले यस्ता सचेतनामूलक कार्यक्रमले महिनावारीका बारेमा भएका पुराना सामाजिक कुरीतिहरू हटाउन सहयोग पुर्याउने बताएका छन्। उनीहरूले भने, “महिनावारीलाई लाजको विषय होइन, बरु यो प्राकृतिक प्रक्रिया हो। यस्ता कार्यक्रमले महिलाहरूमा आत्मविश्वास बढाउनुका साथै महिनावारीको विषयमा खुलेर छलफल गर्ने वातावरण पनि निर्माण गर्छ।”
कार्यक्रममा सहभागी अन्य महिलाहरूले पनि यस्ता जनचेतनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। उनीहरूको भनाइमा, “महिनावारी जस्तो संवेदनशील विषयमा खुलेर कुरा गर्न र स्वास्थ्य सचेतना फैलाउन यस्ता कार्यक्रमहरू समय-समयमा हुनुपर्छ। यो केवल एक सुरुवात हो, आगामी दिनहरूमा यस्ता प्रयासलाई अझै व्यापक रूपमा सञ्चालन गर्नु आवश्यक छ।”
कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूमा सकारात्मक प्रभाव पारेको छ। विद्यार्थीहरूको यस अभियानले महिनावारीका बारेमा फैलिएको गलत धारणाहरू हटाउन महत्वपूर्ण भूमिका खेलेको छ भने उनीहरूको सचेतना अभिवृद्धि गरेका छन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend