जन आकाश
काठमाडौं । आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदै छ । बिहानैवाट मान्यजनको हातवाट टिका लगाई आशिवाद लिन मानिसहरु हिडेको देख्न सकिन्छ ।
तर टिकाको साइत भने ११ बजे पछि मात्र रहेको छ, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसकार टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ ।
टीका(जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशिर्वाद लिन सकिन्छ ।’
‘साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटको साइतमै लगाउने, मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने,’ प्रा.डा.गौतमले भने ।
सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी बताउँछन् । ‘राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, प्राध्यापक अधिकारीले भने ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend