जन आकाश
oplus_2
१. दसैँ आउने बेलामा केटाकेटीहरू दसैं आयो, खाउँला पिउँला भनेर औंला भाच्छन् । दसैँमा राम्रो लगाइने र मीठो खाइने भएकाले केटाकेटीहरू यसरी औंला भाँच्दै रमाएका हुन् । दसैँ नेपालीहरूको ठूलो राष्ट्रिय चाड हो । हामी विजया दशमीलाई दसैं भन्छौं । यस चाडलाई बङ्गालीहरू दुर्गापूजा र भारतका अन्य हिन्दूहरू दशहरा भन्ने गर्छन् । नेपालमा पनि तराईका रैथानेहरूले दसैँलाई दशहरा भनेको सुनिन्छ । ठूला (ठूला चाडपर्वमा मुसलमानको इद हुन्छ, क्राइस्टहरूको क्रिसमस, चिनियाँहरूको वसन्त चाड र हिन्दूहरूको बडादसैँ । दसैँ राष्ट्रिय चाड भएकाले यसको महत्त्व नेपाली संस्कृतिमा विशेष रूपमा रहेको छ ।
२.दसैँको चलन कसरी चल्यो भन्नेबारेमा विभिन्न मत छन् । पौराणिक कथाअनुसार त्रेतायुगमा रामले नवदुर्गाको पूजा, उपासना गरेका र दशमीका दिन रावणको वध गरेपछि विजयोत्सव मनाएका थिए । त्यसै दिनदेखि आजसम्म पनि विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन थालिएको हो भनिन्छ । अर्को कथाअनुसार जुन दिन दुर्गाले चण्डी बनेर देवताहरूको शत्रु महिषासुरको वध गरिन् त्यसै दिनदेखि यो पर्व मनाइएको हो । दसैँ जहिलेदखि र जसरी मनाइने गरेको भए तापनि यो हाम्रो विजयको, एकताको र खुसीको चाड हो। यस चाडको नेपाली जीवनमा निकै महत्त्व छ ।
दसैँको बेला खेतीपातीको धेरै कम सकिएको हुन्छ । प्रकृति पनि हरिलोभरिलो र रमाइलो हुन्छ । वर्षा बितिसकेकाले आकाश स्वच्छ देखिन्छ । बाटाघाटामा धूलोमैलो हुँदैन । घर(आँगन पनि सफासुग्घर पारी सजाइएका हुन्छन्। मन रमाएको बेला आफन्तसँग भेटघाट तथा भलाकुसारी गर्नु, बितेका दुःखलाई बिर्सनु, सुखम्(दुखम् राम्रो लाएर, मीठो खाएर रमाइलो गर्नु यस समयका महत्त्वपूर्ण कुरा हुन्। दसैँको चाड मनाइनुमा यी सामाजिक उपयोगिता र उत्साहप्रद स्थितिले पनि विशेष भूमिका खेलेको पाइन्छ ।
३. दसैँ पनि दुइटा छन्( चैतेदसैं र बडादसैं। चैत महिनामा मनाइने सानो दसैँ चैतेदसैं हो। चैतेदसैंलाई बडादसैंको दाँजोमा कमै महत्त्व दिइन्छ, तर पनि चैतेदसैं केही रमाइलै हुन्छ । बडादसैँको त कुरै भएन । ठूलो चाह भएकाले यस चाडमा नेपालीहरूको विशेष चहलपहल हुन्छ । नेपालमा बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म जम्मा पन्ध दिन मनाइन्छ । बङ्गालतिर यस चाडलाई तीन दिनसम्म मनाउँछन् ।
४। आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापनाु भनिन्छ । यस दिन घर घरमा पूजाकोठामा कलश थापेर नवदुर्गाको पूजा गरिन्छ । त्यसै ठाउँमा बालुवाको वेदीमा जौ छरेर जल छर्किई जमरा राखिन्छ । कोठाभित्र महानवमीको दिनसम्म नौ दिन नवदुर्गाको पूजापाठ गर्ने चलन छ । यिनै नौ दिनको अवधिलाई नवरात्र वा नवरथा भन्ने गरिन्छ ।
दसैँको विशेष चाडचाहिँ सप्तमीदेखि सुरु हुन्छ । सप्तमीको दिनलाई फूलपाती भनिन्छ। यस दिन गोरखाबाट काठमाडौँको हनुमानढोकामा फूलपाती ल्याई पर्सिने चलन थियो। यसै दिन अपराह्ण टुँडिखेलमा बढाइँ गरिन्छ । अष्टमीलाई महाष्टमी र नवमीलाई महानवमी भनिन्छ । यी सबै दिन देवीका मन्दिरहरूमा असाध्यै भीड हुन्छ। बलि दिने, मार हान्ने, मौलो पूजा गर्ने आदि काम हुन्छन् । दशमीलाई टीका पनि भनिन्छ । टीकाको दिन सबैभन्दा रमाइलो हुन्छ । आफन्तहरू आफूभन्दा बडाका हातको टीका थाप्न घर(घरमा पुग्छन् । सबै जना आ(आफ्ना मान्यजनबाट टीका लगाई आसिक थाप्छन् र रमाउँछन् । मानिसका निधारमा प्रसादस्वरूप लगाइएको दही( अक्षताको रातो टीका र शिरमा घुसारिएका पहेँला जमरा निकै राम्रो दखिन्छ ।
५.दसैंका अवसरमा सम्पूर्ण शिक्षणसंस्थामा दसैँभरि नै र कार्यालयहरूमा केही दिन बिदा हुन्छ । यस बेला टाढा गएका परिवारका सदस्य पनि घर फर्कन्छन् र एकै ठाउँमा भेला हुन्छन् । दसैँमा गाउँघर, छरछिमेकमा खुब रमाएर पिङ खेल्छन् । सहरबजारमा चङ्गा उडाइरहेको देखिन्छ । दसैँ नेपाली जीवनमा साह्रै रमाइलोसँग भिजेको छ ।
हुन त गरिबहरूका घरमा दसैँ मान्न पनि गाह्रो पर्छ । उनीहरू आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाईको अवस्थामा पुग्छन् । यति हुँदाहुँदै पनि यस चाडले परस्परमा मेलमिलाप बढाउँछ र दुःखलाई पनि बिर्साउन खोज्छ । दसैँ हाम्रो महत्त्वपूर्ण राष्ट्रिय चाड त हुँदै हो, साथै यो परस्परमा आज्ञापालन गर्न सिकाउने चाड हो, श्रद्धा(सद्भावना बढाउने चाड हो र मायाप्रेम उब्जाउने चाड पनि हो ।
यो फुलपात सरल निबन्ध र पत्र परिचय पुुस्तकवाट लिएको हो यस पुुस्तकका लेखक कृष्ण पराजुली हून् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend