logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काठमाडौं उपत्यकामा दशैंको अवधिभर ७५५ जना मापसे कारबाहीमा


  • जन आकाश
  • शुक्रबार, कार्तिक २ २०८१

काठमाडौं– दशैंको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् ।



उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् ।

दशैंको अवधिमा १७७ जना लेन अनुशासन, ४५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् ।

अनावश्यक हर्न बजाएको आरोपमा १८० जना, जथाभावी पार्किंङ गरेको आरोपमा ५२३, बढी भाडा लिएको आरोपमा १३ जना कारबाहीमा परेका छन् ।

क्षमताभन्दा बढी यात्रु र मालसामान बोकेको आरोपमा ११६, आरक्षण सिटमा अरुलाई राख्दा १ जना, सीसी टीभी हेरेर ६७२, नम्बर प्लेट स्पष्ट नराख्दा १२ र अनलाइनमार्फत परेका उजुरीका आधारमा ६३ जना कारबाहीमा परेका छन् ।

उनीहरुलाई यातायात व्यवस्था ऐनअनुसार जरिवाना र सचेतना कक्षा ट्राफिक प्रहरीले लिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend