logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

भुजी लिगको क्वाटर फाईनलका खेलहरु हुदै


  • जन आकाश
  • मंगलबार, कार्तिक ६ २०८१

रामेछापः ‘भुजी लिग फुटबल प्रतियोगिता(२०८१) अन्तर्गत आजबाट क्वार्टरफाईनलका खेलहरु भईरहेका छन्। लिग चरणको समिकरण पुरा भएसँगै अन्तिम आठले सेमिफाईनलका लागि प्रतिष्पर्धा गर्नेछन् ।



अन्तिम आठमा रहेका टोलिले सेमिफाईनल यात्राका लागि बुम्देल विरुद्ध लिभुरा, पीवाईसी विरुद्ध जिरी वाईबीएफसी, जिरी एफसी विरुद्ध एनवाईसी र प्रिती विरुद्ध बीआरवाईसी भिड्ने भएका छन् । प्रतियोगिता रामेछापको उमाकुण्ड गाउँपालिका (७ भूजीको अमृत घामछायाँ खेल मैदानमा भईरहेको छ ।

 

चार ग्रुपमा विभाजित लिग फुटबल प्रतियोगितामा १४ टोलिको सहभागीता रहेको थियो । लिग विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ भने तृतीय हुने टिमले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिग फुटबल प्रतियोगितामा सहभागी टोलीले सान्त्वना पुरुस्कार स्वरुप नगद रु. १० हजार २६ रुपैयाँ प्राप्त गर्ने छन् ।

उक्त क्लबको अध्यक्ष शोभराज सुनुवारले जानकारी दिएका हुन् । उनका अनुसार विगतमा झै यो प्रतियोगिता निरन्तर रुपमा चल्र्दै आएको र यस पटक उत्कृष्ट क्लबहरुले भाग लिएका कारण खेल अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend