जन आकाश
उपेन्द्र बानियाँ
१. प्रदेश न. ३ काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका, जिल्लाको तत्कालीन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती गा.वि.स.हरु गाभिएका थिए । साथै मिति २०७३।११।२७ को नेपाल सरकारको निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा गाविसहरु मिली संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ ।
हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको र रहेको छ ।
२.यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका एवम् दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । नगरपालिकामा कृषिको प्रचूर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनेकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, केराधारी, खावा, कोटदेवी, सुनकोशी नदी किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन आर्थिक क्षेत्र (सेज) को समेत निर्माण भईरहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पाँचखाल नगरपालिकाको कुल जनसंख्या ३७७९७ रहेको छ । घरधुरी संख्याः ७,१४८ रहेका छन् ।
३.गाउँबाट बेशी तर्फ आकर्षण ।
यस उपत्यकाको वरिपरि पलाञ्चोक, अनेकोट, रविओपी, जैसीथोक, पात्लेखेतका डाडाहरुले घेरिएको छ । यो उपत्यका कम उचाईमा रहनुु, मलिलो हुनु, तत्समयमा खोलामा पानी हुनु, माटो उब्जाउ खालको हुँनु, आदि कारणले गर्दा औलोको डर हँुदा हँुदै प्रसस्त गाउलेहरु बेशी सर्न थालेका हुन् । यहाँ बर्षामा केही गर्मी हिउदमा केही जाडोहुने गर्दछ । यहाको गृष्मकालीन तापक्रम सरदर ३२–३३ डिग्री सेल्सियम (९०–९५ फरेन हाइट) सम्म पुुग्छ भने हिउदमा बाक्लो हुुस्सुुका कारण बिहान १० बजेपछि मात्र घाम लाग्ने हुुनाले जाडो बढी महसुस हुन्छ । डाँफे र झिकु खोलाहरुद्धारा सिंञ्चित यो. वेशी मलिलो भएरनै, औलो लाग्ने डर भए पनि हतारमा बेशी सरेका हुन् । तर धेरै पहिलादेखि दनुुवार जातिहरुको बसाई भने थियो । सन १९७० को सुरुआतबाट सरकारले मित्रराष्ट्रहरुको सहयोगमा औलौ उन्मुलन कार्यक्रम सञ्चालन गरी चारपाँच वर्ष सम्ममा औलो पूरा नियन्त्रणमा आयो । त्यसैताका अरनिको राजमार्ग निर्माण पनि पूरा भइसकोले उत्पादन बजारमा लान र मलखाद् ल्याउन पनि सजिलो । राजमार्गको विकासले अन्य जातिहरुको पनि आकर्षण बढ्दै गयो । कृषिः सिंचाईको सुुविधा, मलिलो पागो माटो, यातायातको सुविधा, हावापानीको अनुुकुलताको कारण यो क्षेत्र कृषिका लागि महत्वपूुर्ण क्षेत्र मानिन्छ । धान, गोलभेडा, आलु अन्य तरकारीहरु यहाँ उत्पादन गरिन्छन् । भने आलु खेतीको लागि पाँचखाल प्रख्यात रहेको छ । यसका अतिरिक्त आँप, केरा, लिची, मेवा आदि फलफूलहरुको उत्पादनको लागि परम्परागत बगैचाहरु आँपधारी, कर्केटारवाट उत्पादन हुन्छन् भने सरकारी स्वामित्वमा रहेको ७.३५ हेक्टर क्षेत्रफल भएको पाँचखाल बागवनी केन्द्रवाट आँप, लिची, केरा, मेवा आदि उत्पादन गरी बिक्री वितरण गरिन्छ । साथै फलफूल र अन्य मशलाजन्य वोटविरुवा उत्पादन गरी वितरण गर्दै आइरहेको छ ।
४.पाँचखालको कृषि क्षेत्रको लागि सिंचाईको अभाव रहेको छ ।
यहाँ पानीको स्थायी स्रोत नभएको साथै नेपाल सरकारवाट सिंचाईको लागि बाँधहरु निर्माण नभएको हुुँदा परम्परागत रुपमा रहेका राजकुलोहरुवाट सिंचाईको प्रबन्ध गरिन्छ । सुुख्खा मौषमामा डाँफे खेला र सिकुु खोलामा पानी सुक्ने भएकाले किसानहरुले खेत खेतमा नै बोरिङ गरी पानी तानेर सिंचई गर्ने गरेका छन् । सिंचाईको लागि किसानहरुले राजकुलोको पानीको लागि राति राति पालो कुरी खेतमा सिंचाई गर्ने गरेका छन् । यहाँका किसानहरु प्राङगारिक र रासायनिक मल प्रयोग गर्ने गर्दछन् भने बढी मात्रमा रासायनिक मल प्रयोग गर्दछन् । कहिलेकाही समयमा रासायनिक मल सहज रुपमा उपलब्ध नहुुदा समस्या पर्ने गरेको देखिन्छ ।
५.रासायनिक मल बिक्री सहकारी संस्थाहरुले गर्दै आईरहेका भए पनि पहुुच नहुुने किसानहरुलाई कठिनाई भईरहेको छ ।
यस क्षेत्रको नगदे वालीहरुमा आलु, गोलभेडा र तरकारी नै हो । खेती गर्दा किसानहरुले प्रशस्त मात्रमा किटनाशक औषधीहरुको प्रयोग गर्ने गरेको पाईन्छ । विषादीको अत्याधिक प्रयोगले यहाँको वातावरण र मानव स्वास्थ्यमा असर पर्छ भत्रे बारे मोटिभेसनको कमी देखिन्छ । उत्पादन बृद्धि भएता पनि यसवाट हुने दिर्धकालीन हानीहरु माटोको उर्वर शक्तिमा ह्रास, मानिसको स्वास्थ्यमा प्रतिकुल असर, वातावरण प्रदूषण आदि चिन्ताको विषय रहेका छन् ।
६.यसका साथै किटनाशक बिषादि प्रयोग गर्दा अपनाउनु पर्ने पूर्व सावधानी अपनाएको पाईदैन ।
घर घरमा विषादि सजिलै उपलब्ध गराएको हुुनाले केही व्याक्तिहरुले एकछिनको रिसको झोकमा उक्त विषादि सेवन गर्दा गर्दै कैयौं वयक्तिको ज्यान समेत गईसकेको छ । किटनाशक औषधी र रासायनिक मलको प्रयोग उपयोगिता, प्रयोग विधि आदिको वारेमा किसानहरुसँग नेपाल सरकार र स्थानीय सरकारले वेला वेलामा छलफल गरी ज्ञान दिनुुपर्ने अत्यन्तै जरुरी देखिन्छ भने रासायनिक मल र अनावश्यक विषादीको प्रयोगवाट गरिने खेती प्रणालीलाई निरुत्साहित गर्दै अर्गानिक खेती तर्फ पाँचखालका किसानहरुलाई अभिप्रेरित गर्न यहाँको केन्द्रीय र स्थानीय सरकारले पहल गर्नुपर्ने देखिन्छ ।
७.किसानहरुले उत्पादन गरेको तरकारीहरुको ठूलो बजार काठमाडौ उपत्यका रहेको छ भने स्थानीय बजारको रुपमा पाँचखाल बजार, बनेपा, धुलिखेल रहेका छन् । सरकारको अस्पष्ट नीतिका कारणले यहाँको किसानहरुले उचित मूल्य प्राप्त गर्न सकेका छैनन् । छिमेकी देश भारतवाट आयतित हुने तरकारीहरुको कारण यहाँको तरकारीहरुले बजार पाईराखेका छैनन् । नेपाल सरकारवाट तरकारी खेतीमा कुनै किसिमको अनुदान नपाइने हुनाले यहाँको तरकारीको उत्पादन लागत नै बढी हुन्छ । बजारमा बिक्रीको अभावमा कहिलेकाही यहाँका किसाहरुले उत्पादन गरेका तरकारीहरु खेतमा नै कुुहाँउन बाध्य हुनुपरेको छ ।
८.काठमाडौ उपत्यका ठुूलो बजारको रुपमा रहेको भएता पनि यहाँका किसानहरुको पहुच बजारसम्म नहुने भएकाले बिचौलिया मार्फत नै तरकारीहरु बिक्री गर्न बाध्य छन् । बिक्रीको ठूलो हिस्सा रकम बिचौलियाले नाफा कमाउने हुँदा न्यून मूल्य मात्र किसानहरुले प्राप्त गर्दछन् ।
बिचौलियाहरुले मनपरी दरभाउ राख्दा यहाँका किसानहरु आजित भएका छन् । बिचौलियाहरुले तरकारीहरु बजारमा बिक्री गरी सकेर आफुुलाई प्रशस्त नाफा राखेर मात्र किसानलाई मूूल्य र हिसाव किताव बुुझाउने गरेका छन् । जसका कारणले किसानहरु पीडीत र बिचौलियाहरु मोटाई रहेका छन् ।
९.पाँचखालमा रहेका कृषि सहकारीहरु र स्थानीय सरकारले यहाँको उत्पादनमा कुुनै चासो दिएको पाईदैन । किसानको अवस्था दिन प्रतिदिन दयनीय भइरहेको छ । किसानहरुको जीवनस्तरलाई सुुधार गर्न नेपाल सरकार स्थानीय सरकारले बजार व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ । यसको लागि स्थानीय कृषि सहकारी मार्फत वा स्थानीय निकायले आफ्नो पहलमा तरकारी र दुुध उत्पादनलाई उचित मूल्यमा खरिद गरी बजारसम्म पुु¥याई दिएर पाँच खालका किसानहरुको जीवनस्तर माथि उठाउन अत्यन्तै जरुरी छ । यसका साथसाथै किसानहरुको खेतखेतसम्म पुुग्ने कृषि सडकहरुको निर्माण गरी दुवानीमा सहज र सिंचाईको प्रबन्ध गर्न सके मात्र “पाँचखाल नगर–कृषि शहर” को सपना पूरा हुनसक्छ ।
१०.यस्तै गरी किसानहरुलाई अनुुुुदान र समय समयमा आवशयक तालिमको, सेमीनार गोष्ठिआदि ज्ञान बद्र्धक शिक्षा दिएर आधुनिक कृषि प्रणलीमा अग्रसर गराउन समेत सरकार र स्थानीय सरकारले पहल गर्न जरुरी छ । यसो गर्न सकेमा मात्र किसानहरु सँगसँगै देशले पनि आर्थिक प्रगति हाशिल गर्न सक्नेछ ।
यत्ति गर्न सकिएको खण्डमा पाँचखालका जनताहरु यसैपनि बढीसे बढी कृषिमा आश्रित भएर जिविकोपार्जन गरीरहेकोमा, खेत हुनेले खेतको आयस्थाबाट, खेत नहुनेले खेत भाडामा लिएर, त्यो पनि नसक्नेले त्यै फाँटको रोजगारी बाट जिविकोपार्जन गरी जीवनस्तर उकास्ने छन् ।
स्थानीय सरकारले यहाँको शिक्षा र स्वास्थ्यमा समेत त्यतिकै ध्यान दिन जरुरी देखिन्छ । पाँचखालमा चक्रपथ निर्माण, प्रदुुषण रहित हरियाली युुक्त नगर बनाउन समेत जरुरी छ । यहाँका विद्यालयहरु, कलेजहरु, दुुध संकलन केन्द्र र अन्य निकायहरुलाई पनि सवल र सक्षम बनाउन जरुरी छ । अरनिको राजमार्ग नगरका भित्री सडकहरुलाई स्तरउन्नती, कालोपत्रे गरेर पाँचखालवासीको जनजीवनलाई सहज बनाउन अत्ति नै आवश्यक छ ।
लेखक बानियाँ सामाजिक क्षेत्रमा अग्रणी भुमिकामा काम गर्दै आएका व्याक्ति हुन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend