logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बिपी राजमार्गको निर्माणमा केन्द्रीत हुन सरकारलाई आग्रह


  • जन आकाश
  • शुक्रबार, कार्तिक ९ २०८१

मोहन कार्की ।
काभ्रेपलाञ्चोक । यतिवेला नेपालको लाइफ लाइनको नामले चिनिने बिपी राजमार्ग २०८१ साल असोज १२ र १३ गते आएको बाढीले तहस नहस बनाएको छ ।



काभे्र जिल्लाको काभ्रे भञ्ज्याङ वाट नै पैरोले सडक पुर्दा साना ठूला अवरोधहरु भएका थिए । हाल ति पैरो पन्साएर सवारी आगमन गराएको छ । दाप्चा खोलाले क्षति पु¥याएको ठाउँमा भित्तावाट अर्को नयाँ टयाक खोलेर सवारी आगमन गराइएको छ । भने दाप्चा र रोशी खोलको दोभानभन्दा माथि चौकी डाडा आसपासको खोलामा खसेको कारण नयाँ ट्याक खोलेर रोशी र दाप्चाको दोभानवाट घुमाएर पुनः पहिलाको सडकसँग जोडिएको छ ।

जव रोशीसँग जोडिएका सडकहरु कही कतै पनि सुरक्षित छैनन् । सडक भेटिएपनि अवशेषको रुपमा मात्र बाकी छन् । काभ्रेको नार्के भन्ने ठाउको बजार रोशीको कटानका कारण नामो निशान केही पनि देखिदैन । जवसम्म राशीले सुनकोशी भेटाउदैन तवसम्म रोशीको बगरै बगरै सवारी साधनको लागि कच्ची सडक बनाएर आवाज जावत गराइएको छ । यस बिपी राजमार्गमा यात्रा गर्दा अचेल थुपै्र पीडा र दुखःलाग्दा दृष्यहरु देखिन्छ ।

किसानहरुले मेहनत गरेर लगाएको रोशी खोला आसपासका किनारहरुमा बालुवाले धान पुरेर बगर बनाएको दृष्यले कर्मशील मानिसहरुलाई भावुक बनाएको छ । कति मानवीय क्षति भयो धनमालको त कुरै नगरेपनि भयो रोशी आसपासका जनताको जीवन जिरो अवस्थावाट शुरु गर्नुपर्ने भएको देखिन्छ ।

बाढी, पैरोवाट पीडिट भएकाहरु जस जसको आफन्त छन् । उनिहरु हाल काठमाडौतिर आश्रय लिन गईसकेका छन् भने जसको आफन्त छैनन् उनिहरु मात्रै सुरक्षित क्षेत्रमा कठिनपुर्ण जीवन ब्यातित गरिरहेका छन् ।

बाढी, पीडितलाई सवै नेपालीहरु मिलेर सहयोग गर्नुपर्ने वेला हो । तर राजनीतिक आस्था र कतिपय ठाउँमा जातिय रङ दिएर खिस्याउने जस्ता कुराहरु भईरहेको सुनिन्छ । यो अत्यन्तै दुखःको विषय हो ।

एकातिर बाढी पीडितलाई सहयोग गर्नुपर्ने अर्कोतिर देशकै सवैभन्दा छोटो दुरीको रुपमा रहेको लाईफ लाइनको पुनः निर्माणको चुनौती देशले ब्याहोरी रहेको वेला सरकार, प्रतिपक्ष, सामाजिक संघ, सस्था, मानवीयता भएका मानिसहरु सवै मिलेर देशको महत्वपूर्ण तर क्षत विक्षत भएको बिपी राजमार्ग निर्माणमा केन्द्रीत हुनुपर्ने हो । तर त्यस्तो नभई कुराकानी एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै एक खालका राजनीतिक पार्टीहरु सडकमा आन्दोलन गर्न लागेको देखिन्छ ।

यो तमासा हेर्दा नेपालमा अव छाडातन्त्र हावी भएकै हो भन्न सक्ने अवस्था आएको छ । कुनै व्यक्तिले गलत गरयो भनेर कारवाहीको दायरामा ल्याउदा सडकमा आन्दोलनमा उत्रने जमात त्यसलाई नियन्त्रण गर्न नसक्ने सरकारको रवैया हेर्दा नेपालको अस्तित्व सक्नका लागि कतै अन्तैवाट कुनै सिकिमिकरण मोडलमा नेपालको स्वाभिमानमा खेलबाड त भईराखेको छैन ? भन्ने खालका प्रश्नहरु उठ्न थालेका छन् ।

जापान सरकारले प्राविधिक सहयोगमा बनाईदिएको बिपी राजमार्ग तहस नहस हुदा बेवास्ता गर्दा भोलीका दिनमा यसैगरी अन्य राजमार्गहरु पनि भत्कदै जाने निर्माणका कामहरु कछुवा गतिमा मात्र हुने तर यता देश र जनताको रटान लगाउने पार्टीहरु चै सरकार जोगाउन र पार्टीको झण्डाको मुनि बसेर अपराध लुकाउनमा नै ब्यस्त हुने जस्ता कुराले नेपाल ढुङगे युगमा फर्कन त लागेको होइन भन्ने भान नेपाली नागरिकहरुमा पर्न गएको छ ।

नेपालमा सरकार छ । जनताको विश्वास लिन दिन सरकार सक्षम छ । जनताको हरेक क्षेत्रमा आएका समस्यालाई समन्वयकारी भुमिका निर्वाह गरी राज्यको संयन्त्रलाई पुर्ण परिचालन गरी देश र जनताको काममा केन्द्रीत हुन जनताले सरकारलाई सुझाव समेत दिएका छन् । तिनै जनताको सुझावलाई शिरोपर गरेर सरकारले बिपी राजमार्गलाईं केन्द्रीत भएर काम गरिहाल्नुपर्ने देखिन्छ । किनकी हिउदमा त जसो तसो नेपालको बिपी राजमार्ग सवारी साधन चल्न सक्लान तर बर्ष लागेपछि काहावाट सवारी साधन आवात जावत गर्ने भन्ने विषयमा अग्रीम तयारी गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायलको बेलैमा ध्यान पुगोस् ।

राजनीतिक पार्टी खोलेर जनता र देशको नाम जप्न सिपालु तर आफ्नो स्वार्थ पुर्ति मात्र्रै गर्दै आएका राजनीतिक पार्टीले पनि नैतिकता जोगाउन भएपनि बिपी राजमार्गमा केन्द्रीत हुनुपर्ने देखिन्छ । त्यहा केन्द्रीत हुन नसक्ने राजनीतिक पार्टीलाईं भोलिका दिनमा जनताले त्यही बाढीले थुपारेका बालुवामा पछार्न बेर नलाउलान भन्न सकिदैन । त्यसैले बेलैमा राजनीतिक पार्टीहरुले आफ्नो मानवीय परिचालन गर्न ढिलो गर्नुहुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend