जन आकाश
मोहन कार्की ।
काठमाडौ । पदबहाली गरेको १०० दिन पुगेको उपलक्ष्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा आयोजित “पद वहालीको १०० दिनको क्रियाकलाप र उपलब्धीहरु” अन्तरत्रिया कार्यक्रममा बोल्दै मन्त्री शरत सिंह भण्डारीले बिभिन्न सञ्चारमाध्यमवाट आएका सञ्चारकर्मीहरुले १०० दिनमा मन्त्रालयले गरेका काम र आउदा भावी दिनमा गर्ने कामको वारेमा पेश गरिएको उपलब्धि पुस्तिकामा उल्लेख विषयमाहरु माथि उठेका प्रश्नहरुको उत्तर दिदै भने “जवसम्म आन्तरिक रोजगार सिर्जना गर्न सकिदैन तवसम्म वैदेशिक रोजगारको बिकल्प छैन ।” उनले बिभिन्न उदारणहरु दिदै वैदेशिक रोजगारमा देखिएका समस्याहरु स्पष्टसँग सवैलाई थाहा नै छ तर समस्या मात्र भनेर हुदैन । सावधानको उपायहरु अपनाउनुपर्छ । त्यो भनेको नीतिगत रुपमा ऐन, कानूनी समस्या छन् । ति ऐन कानूनहरुलाई परिमार्जन गरेर कामहरु गरिराखेका छौ । कतिपय काम गरिसकेको छौ भने कतिपय कार्यदल बनाएर काम भईराखेका छन् ।
यता कामदारहरुले वैदेशिक रोजगारमा जान लाखौ रुपैया तिरेका छन् । तर भोलि कुनै कामदार फस्यो नेपाल र्फक्यो भने १० हजारको मात्र रसिद हुन्छ यो सवैलाई थाहा छ । यस्ता समस्याहरुछन् । यसलाई कसरी व्यवहारिक बनाएर कामदारको पक्षमा काम गर्न सकिन्छ । त्यो गदैछौ ।
उनले थप्दै भने वैदेशिक रोजगारको शिलसिलामा गएका कुनै कामदार विदेशमा घाईते भई उपचार गराउने क्रममा नेपाल फर्केका त्यस्ता कामदारलाई पहिला उपचार खर्च दिने तर मृत्यु भएमा दोहोरो सुविधा नदिने जस्ता कानूनी समस्या थिए । त्यसलाई परिमार्जन गरेर उपचार खर्च पनि पाउने र मृत्यु भएका मृतकको परिवारले १० लाख पाउने व्यवस्था गरिएको छ । पहिला मृत्यु हुनेका परिवारले सात लाख पाउदै आएकोमा हाल उक्त रमकलाई तीन लाख बृद्धि गरेर १० लाख पु¥याएइको बताए ।
त्यसैगरी विशेष गरेर महिला कामदारहरु वैदेशिक रोजगारमा गएका तर अवैधानिक तरिकाले बसेका महिलाहरुलाई वैद्यानिक रुपमा अभिलेख राखेर वैद्यानिक बनाउन र विदेशमा दुःख पाईराखेका महिलाहरु रहेछन् भने उनिहरुलाई सजिलै नेपाल फर्काउन पहल गर्ने र उनिहरुलाई पुनः वैदेशिक रोजगारमा एकपटक गएर आईसकेपछि फेरी जान समस्या हुने गरेकोमा अहिले त्यस्तो समस्या हल गरिएको पनि उल्लेख गरे ।
महिलाको हकमा राम्रो तयारी गरेर विदेश पठाउ एक महिने तालिम दिएर पठाउन तयारी गरिरहेका छौ । महिलालाई राम्रो तालिम दिएर वैदेशिक रोजगारमा पठाउदा राम्रो हुन्छ । तर यहा राम्रो काम गर्दा त्यो राम्रो कामलाई एक खालका मासिहरु तोड्न खोजिरहेका हुन्छन् । त्यसैले यो मन्त्रालयको मात्र समस्या होइन । सामुहिक जिम्मेवारी पनि सवै लिनुपर्छ । त्यसकारण सवै जिम्मेवार बनौ भन्दै सवैसँग आग्रह समेत गरेका थिएका छन् ।
मन्त्री भण्डारीले हाल आफु जापान भ्रमण गरेर आएको र त्यहा नेपालीहरुले भोगिरहेको समस्याको वारेमा श्रम सम्बन्धि तीन जना मन्त्रीहरुसँग छलफल भएको आउदो १० बर्षमा एक करोड स्केल फुल कामदार जापानलाई चाहिने उल्लेख गर्नुभएको छ । हामीले नेपालमा उहाहरुलाई चाहिने स्केलको लागि नेपालमा नै ज्वाईन भेन्चरको रुपमा तालिम केन्द्र स्थापना गर्ने कुराको प्रस्ताव राखेको छौ । जापान नेपाली कामदार रुचाउने मुलुकमा पर्दछ ।
त्यसैले आउदा दिनमा सवै नागरिकले विदेशमा सिकेको सिप नेपालको आन्तरिक रोजगारमा काम लागोस भन्नको लागि ७५३ वटै स्थानीय तहसँग कुराकानी भईरहेको छ । १० वर्ष आन्तारिक रोजगार बनाउने तयारी गरेका छौ । जाहा ट्रयाकिङ सिस्टम लागु गर्ने तयारी गरेका छौ । यसो गर्दा नोपलीहरुको स्किल काहा कुन ठाउँमा के छ भनेर सरकारलाई काम गर्न सजिलो होस भन्ने उदेश्य हो । अहिले खाडी मुलुकमा श्रम गर्न गएर फर्केका कतिपय कामदारको नेपाल फर्केपछि डायोलाईसिसको समस्या आउने गरेका छन् । हामीले यता पनि ध्यान दिनुपर्ने छ । भनि मन्त्री भण्डारीले बोलेका हुन् ।
उनलाई सार्क राष्ट्रहरुसँग रोजगार सम्बन्धि सम्झौता, साउदी अरवसँगको सम्झौता, ईरोपमा काम गर्न जानको लागि भिजिट भिसामा गएका दुरुपयोग भएका जस्ता प्रश्नहरु पनि सोधिएका थिए ।
उक्त प्रश्नको उत्तरमा मन्त्री भण्डारीले हामीले सम्झौता गरेका राष्ट्रसँग ईन्टरनेशनल स्टाण्डर मेन्टेन गर्ने हो । तर हामीले सम्झौता नगरेका राष्ट्रहरुको आफ्नै नीति हुन्छ र उनिहरुले अन्तराष्ट्रिय श्रम सन्धि सम्बन्धि सम्झौतामा हस्तक्षर नगरेका राष्ट्रहरुले अन्तराष्ट्रिय स्टाण्डर मेन्टेन गर्न बाध्य हुदैनन् ।
सार्क सम्बन्धमा हामीले पटक पटक पहल गरेका छौ । तर सार्कका राष्ट्रहरु तयार नै भएका छैनन् । भिजिट भिसामा गएकाहरुलाई आजको युगमा निषेध गर्ने होइन तर व्यवस्थित बनाउन हामीले तयारी गरिराखेका छौ । यो नेपालको यतिवेलाको समस्या सवै हामी मिलेर सामुहिक रुपमा लाग्यौ भने मात्र धेरै कुराहरु गर्न सक्छौ त्यसैले सवैले आ–आफ्नो ठाउँवाट जानेका साथीहरुले सुझाव दिनुहुन, हामीले कतै अञ्जानमा गल्ती गरेका रहेछौ भने खवदारी गर्न मिलेर सावधान गर्न सकिने कामहरु रहेछन् भने मिलेर काम गर्न सवैसँग आग्रह गर्दछु । मन्त्री भण्डारीले १०० दिनको उपलब्धिको समिक्षा कार्यक्रमा दिएको अभिव्याक्ति हो यो । कार्यक्रम बबरमहलस्थित बसेर बुटिक होटलमा भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता सचिव मुकुन्द प्रसाद निरौलाले गरेका थिए । निरौलाले कार्यक्रमको समापन गर्दै उपस्थित सवैलाई धन्यवाद दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend