जन आकाश
काठमाडौ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गरेका छन् ।
चौतारा सगाँगाचोकगढी नगरपालिका वडा नं १० का रेशम बहादुर खड्का,रेल बहादुर खड्का र रामशरण खड्काको माता को कार्तीक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रो कामको शुरुवात गरेको बताउदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गरेका छन् ।
समबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भए सम्म घरघरमा उपलब्ध गराउँनका लागी आफु लागी परेको र असाय, अपाङ्गता भएका ब्यक्ती जेष्ठ नागरीक परीचय पत्र नबीकरण र उँहाहरुले पाउँने सामाजिक सुरक्षा भत्ता समेत घर दैलो अभियान गरेर बितरण गरिरहेको बताए ।
उनले बिशेष गरी वडा सचिब पुनम भण्डारीले नागरिकको सुबिधाको लागी घरघरमा यसरी मृत्यु दर्ता प्रमाण पत्र दिने विषयमा बातबरण मिलाइ दिएपछि यो आफुले पहीलो पल्ट दिएको अब यसले निरन्तरता पाँउने बताए । स्थानीय समाज सेवी ध्रुब थापाले नगरपालिकाले हरेक मृतक परिबारलाइ रु पाँचहजार नगदका साथ भेटघाट कार्यक्रम सञ्चालन गरिरहँदा यसरी मृत्यु दर्ता प्रमाण पत्र पनी साथमा दिदाँ प्रत्यक्ष रुपमा सहयोग हुने भएकाले यो अभियान शुरु गर्नु भएकोमा वडाअध्यक्ष ,सचिब लगायत वडा सरकारलाइ बिशेष धन्यबाद दिए । सम्भवत यो कार्य सिन्धुपाल्चोक जिल्लामा नै पहिलो भएको पत्रकार नेत्र बस्नेतले दावी गरे ।
यो समाचार लोकप्रीय नामको सञ्चारमाध्यमले पठाएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend