जन आकाश
काठकाडाै । छठ पर्वको मुख्य दिन बिहीबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् । बिहीबार काठमाडौंका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी, गौरीघाट लगायतका छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । आज रातभर नदी किनारमा जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend