जन आकाश
oplus_2
काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कं. लि. घण्टाघरको संयोजनमा बीमा सचेतना कार्यक्रम तथा बरिष्ठ व्यवसाय प्रवन्धक दिपक बरालको नेतृत्वमा एजेन्सी कार्यालय उदघाटन सम्पन्न गरिएको छ ।
काठमाडौको ज्याबाहालमा एक कार्यक्रमको आयोजना गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनिका क्षेत्रीय प्रबन्धक सुमोद थापाद्वारा रिवन काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रमलाइ अधिवक्ता इन्दिरा धमालाले स्वागत गरेकी थिइन।
कार्यक्रम नेशनल लाइफ बागमती प्रदेश प्रमुख जयराम धितालको प्रमुख अतिथिमा भएको हो। प्रमुख अतिथिले बिमा क्षेत्रमा सफल कार्य गरीरहनु भएको तर बिगतमा सिन्धुलिवाट आइ सघर्श गरेर अगाडी बढनु भएको दिपक जिले शाखा कार्यालय स्थापना गरेर थप प्रगति गर्न सक्नुहुन्छ भन्ने भनाइ राख्दै बधाई तथा शुभकामना दिएका छन् ।
कार्याक्रममा सुमोद थापा, प्रशन्त कपाली, जयराम विडारी, सरिता महर्जन लगायतले शुभकामना राख्दै बधाई दिएका थिए।
भरत दुलालद्वारा संचालन गरिएको कार्यक्रम सभ्य एवम भव्य रुपमा सम्पन्न भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend