logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति


  • जन आकाश
  • बुधबार, मंसिर १२ २०८१

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।



मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend