logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला हुँदै


  • जन आकाश
  • मंगलबार, मंसिर १८ २०८१

काठमाडौं– यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने छ ।



मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ ।

यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आइसिटी मेलाको प्रि-इभेन्टको रूपमा रिल्स र युआईरयुएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् ।

साथै मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend