logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

प्रधानसेनापतिले दिल्लीमा भेटे भारतीय स्थल सेनाध्यक्ष


  • जन आकाश
  • बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीबीच भेट भएको छ ।



भारतको औपचारिक भ्रमणमा रहेका सेनापति सिग्देल र द्धिवेदीबीच बुधबार भेटघाट भएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ । यसका साथै प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव, विदेश सचिवसँग पनि छुट्टा-छुट्टै भेटघाट गरेका छन् ।

भारत भ्रमणमा रहेका सिग्देलले दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई शहीदहरुप्रति श्रद्धान्जली समेत अर्पण गरेका थिए । सो क्रममा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend