जन आकाश
बिनोद नेपाली
काठमाडौं । दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका ९ का ५० वर्षीय नगेन्द्र खड्कालाई। उनी गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गइरहँदा उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन्।
नगेन्द्रले छोराको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी ६ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन्।
सिमी, काँक्रा, चिचिण्डो लगायत बीउ खड्का आफैं उत्पादन गर्छन्। ‘हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु। फागुन चैतमा मात्र २५ हजार बराबरको चिचिण्डो का बेर्ना बिक्री गरें’, उनले भने, ‘म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि २०० बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ।’
ठूला दुईवटा टनेलमा छ क्विन्टलजति गोलभेंडा तयार छन्। एउटा बोटमा तीन चार केजीसम्म गोलभेंडा फलेको खड्काले जानकारी दिए। उनले भने, ‘भर्खरै मात्र दुई हजार पाँच रुपैयाँमा टमाटर बेचेर आएँ। अग्रयानिक टमाटर हो यो, ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।’
कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन्। मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन। उनले भने, ‘अग्र्यानिक मल नै फालाफाल छ। बजारिया मल किन किन्नु, माटो बिगार्छ।’ श्रीमती खजुराले दुई भैंसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन्। चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो। जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन्। एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्स पूरा गरे। छोरीले १२ कक्षा पास गरेकी छिन्। ‘छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,’ उनले भने।
तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ। एकपटक सेवक नामक संस्थाले उनलाई पाल दिएको थियो। पालको छानो राखी उनले बारीनजिकै पोखरी बताएका छन्। वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ ।
पालिकामा तरकारी संकलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ।
दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
‘एकपटक ५५ केजी लिएर गएको छु, बिक्रीपछि मात्र थाहा भयो उनी भन्छन् बुुढो मुन्छे डोको बोक्दा–बोक्दा थाप्लोका रौं गइसके। केटाकेटीले बोकेर लगिदिन्नन् उनि भन्छन् ।
‘गाउँले एफएम दाइ’ भनेर चिन्छन्
२०५८ सालतिर, डौंसुरमा खड्का सानो खुद्रा पसल थियो। पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिकजस्तै थियो। त्यतिवेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। समाचारप्रति स्थानीयको चासो बढी थियो। रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगञ्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छिमेकी बताउँछन्।
आज यो ठाउँमा यस्तो भिडन्त भयो। यति जनाको मृत्यु भयो। यति जना घाइते भए भनेर सबैलाई भन्थे। त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए। त्यतिबेलादेखि उनी ‘एफएम दाइ’ नामले परिचित छन्।
लोकगीत र देउडामा रुचि उत्तिकै छ उनमा। केही वर्षअघिसम्म दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्थे। गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छन्। अझै पनि उनको घरको बाहिर रेडियो झुण्डिएको हुन्छ। रेडियो सुन्दै बारीमा काम गर्छन्।
कुनै बेला रेडियोप्रेमी खड्का हिजोआज टिकटकतिर मोडिएका छन्। कृषिबारे जानकारीमूलक भिडियोे बनाएर टिकटकमा शेयर गर्छन्।
कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी कसरी लगाउने ज्ञान बाँड्छन्। खड्का चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट पुरस्कृत पनि भएका छन्। उनको यो कृषि पेशाले नेपालमा नि केही गर्न सकिन्छ । भन्ने उदारण रहेको छ । दैलेखमा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend