logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

कर्णालीमा आँखाको शल्यक्रिया शिबिर सञ्चालनमा


  • जन आकाश
  • शुक्रबार, मंसिर २८ २०८१

काठमाडौं– दैलेखको आठबिस नगरपालिकाले आँखाको शल्यक्रिया शिबिर सञ्चालनमा ल्याएको छ ।



उक्त शिबिर आधारभूत अस्पताल राकम कर्णालीमा आयोजित गरिएको हो, जसमा रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र आठबिस नगरपालिकाले समन्वय गरेका छन् ।

यस शिबिरको उद्देश्य समुदायमा रहेका दृष्टिविहिन् र आँखासम्बन्धी समस्याहरूलाई समाधान गर्नु हो ।

शल्यक्रियाका लागि योग्य बिरामीहरूलाई निशुल्क सेवा प्रदान गरिनेछ, जसले गर्दा धेरै स्थानीय व्यक्तिहरूलाई आँखा रोगको उपचार र आवश्यक शल्यक्रिया प्राप्त गर्न मद्दत पुग्नेछ ।

रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र विशेषज्ञ डाक्टरहरूको टोलीद्वारा शल्यक्रिया कार्य गरिरहेका छन् । यस अवसरमा स्थानीय स्वास्थ्य सेवाका कामकाजीहरूसमेत समन्वयमा रहेका छन्, जसले शिबिरलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निभाएका छन्।

आठबिस नगरपालिकाकी पुर्व उपप्रमुख दिपा बोहोराले ‘आधारभूत अस्पताल राकम कर्णालीको समर्पण र आठबिस नगरपालिकाका अग्रसरतासँगै, यस शिबिरले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँचलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। शिबिरको अवधिमा हजारौं व्यक्तिहरूले स्वास्थ्य परीक्षण र सल्लाह पनि प्राप्त गर्नेछन् ।

यसले कर्णाली क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई सुधार गर्ने र दृष्टिहीनता जस्ता समस्याहरूको समाधानमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।’ उहाले बताउनु भयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend