logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आठविस नगरपालिकामा नयाँ निर्माण व्यवसायी संघ गठन


  • जन आकाश
  • बुधबार, पुष ३ २०८१

बिनाेद नेपाली



काठमाडौं– दैलेखको आठविस नगरपालिकामा नयाँ निर्माण व्यवसायी संघ गठन भएको छ ।

संघको कार्यसमितिमा १३ सदस्य रहेका छन् । यस संघको अध्यक्षमा भरत कुमार सिजापाती (भास्कर) छन् भने वरिष्ठ उपाध्यक्षमा तोपेन्द्र बहादुर चन्द, उपाध्यक्षमा रमेश माझी, महासचिवमा पूर्ण बहादुर शाही, कोषाध्यक्षमा कपिल चन्द, सचिवमा विनोद शाही र सदस्यहरूमध्ये जनक बहादुर माझी, बखत बहादुर शाही, दयाराम विक, धिरेन्द्र बहादुर कार्की, सुमित जैशी, गोकर्ण बहादुर शाही र पवन शाही रहेका छन् ।

यस संघको गठनले नगरपालिकाका निर्माण व्यवसायीहरूको हकहितमा आवाज उठाउन र समस्याहरूको समाधानका लागि प्रभावकारी कदम चाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

संघको गठनसँगै आठविस नगरपालिकाका निर्माण व्यवसायीहरूलाई नगरपालिकाबाट केही चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको छ । संघका वरिष्ठ उपाध्यक्ष, तोपेन्द्र बहादुर चन्दले भने, “हामीले नगरपालिकाबाट हाम्रो समस्यामा सुनुवाइ नभएपछि यो कदम चालेका हौँ । अब हामी सबै निर्माण व्यवसायीहरूको आवाज उठाउन र यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ ।”

संघका अध्यक्ष, भरत कुमार सिजापती (भास्कर)ले पनि आगामी दिनहरूमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकामा हुने हरेक निर्माणका कामलाई उपलब्धिमूलक बनाउन संघ संलग्न रहने जनआकाशलाई जानकारी दिए ।

नयाँ गठन भएको संघले निर्माण व्यवसायीहरूको हितको पक्षमा विभिन्न योजनाहरू तयार गर्ने योजना बनाएको छ, जसले क्षेत्रीय निर्माण कार्यहरूको विकास र व्यावसायिक सुधारमा सघाउ पु¥याउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend