logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

आठबिस नगरपालिकामा बालबालिकाहरूका लागि पोषण लेखाजोखा अभियान सञ्चालन हुँदै


  • जन आकाश
  • बुधबार, पुष ३ २०८१

बिनाेद नेपाली



काठमाडौं– दैलेख जिल्लाको आठबिस नगरपालिकाले नगरपालिका क्षेत्रमा ६ देखि ५९ महिना सम्मका बालबालिकाहरूका लागि पोषण लेखा जोखा तथा व्यवस्थापन गर्नका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय दैलेखको समन्वय र एभरेष्ट क्लव दैलेखको आर्थिक सहयोगमा आठबिस नगरपालिकाले नगरपालिकाका सबै वडा क्षेत्रमा उच्च कुपोषण र न्यून कुपोषणमा रहेका बालबालिकालाई जीवन रक्षा गर्नको लागि अभियान सञ्चालन गर्नलागि रहेको आठबिस नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका स्वास्थ्य संस्था प्रमुख लगायत सरकारवालाहरू सँग गरिएको अभिमुखीकरण कार्यक्रम मा बोल्दै आठबिस नगरपालिकाका प्रमुख तर्क बहादुर बडुवालले समाजमा कमजोर स्थितिमा रहेका नागरिकहरुलाइ पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन् । उनीहरूले पाउने सेवा सुविधा समाजका ठुलाबडाले पाएको खण्डमा उनीहरूलाई छनोट गर्दा ध्यान दिनुपर्ने बडुवालले बताएका छन् ।

अभिमुखीकरण कार्यक्रममा एभरेस्ट क्लव दैलेखका सचिवले ग्रामीण क्षेत्रमा कुपोषित बालबालिकाहरुको तथ्य नभएको सन्दर्भमा धेरैको ज्यान जाने क्रम रहेकाले त्यसलाई न्यूनीकरणका लागि नगरपालिका सँगको सहकार्य मा अभियान नै सञ्चालन गर्नु परेको उनले भनेका हुन ।

अभियान लाई आठबिस नगरपालिका स्वास्थ्य शाखाले सहजीकरण गर्नुकासाथै नगरपालिका क्षेत्रभित्र घर घरमा स्वास्थ्यकर्मीको टोली सहित निगरानी गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend