logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो


  • जन आकाश
  • सोमबार, पुष २९ २०८१

काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।



अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ । यसअघि आइतबार स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा उपस्थित  भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।

आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।

तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने भनी इजलासमा कुरा उठाएपछि न्यायिक हिरासतमा पठाउने आदेश भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend