logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या,


  • जन आकाश
  • आइतबार, माघ २० २०८१

 



काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए ।

मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।

उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्यालले जानकारी दिनु भयो ।

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ ।

फोनमार्फत जेदु कुमारीले उपाध्यायलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको पाइयो’ स्रोतले भन्यो, ‘उपाध्यायलाई उनीहरुले ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेको खुलेको छ ।’

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend