logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अमेरिकामाथि चीनको १० प्रतिशत कर


  • जन आकाश
  • मंगलबार, माघ २२ २०८१

काठमाडौं । वाशिङटन डीसी . अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।



चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ ।

चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ ।

योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो । अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५र२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend