जन आकाश
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।
संघीय संसदबाट आज अध्यादेश स्वीकृत गर्ने तयारी छ । अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।
आजको बैठकमा गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेको विषयमा पनि छलफल हुने बताइएको छ ।
सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने तयारी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend