logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ


  • जन आकाश
  • बुधबार, माघ ३० २०८१

काठमाडौँ । कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार सामाजिक सञ्जाल विधेयकविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।



संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएकाले यसलाई सच्याउन माग गरिएको नेविसंघका नेता विजय ढुंगानाले जानकारी दिए ।

विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend