logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित


  • जन आकाश
  • मंगलबार, फाल्गुन ६ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।



सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ ।

यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दाको थुनछेक आदेश आएपनि सुनुवाइ भने जारी छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend