logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महाशिवरात्रीका अवसरमा भालेश्वर महादेव दर्शनसंगै विशेष भक्तिमय उत्सव तथा महाआरती


  • जन आकाश
  • आइतबार, फाल्गुन ११ २०८१

काठमाडौँ । यहि फागुन १४ गते बुधवार पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।



महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५०५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend