जन आकाश
काठमाडौं । महाशिवरात्रिको दिन आज पशुुपतिका क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुने गर्छ।
त्यसका लागि विदेशबाट समेत भक्तजनहरू पशुपति आउँछन्।
पूजाआजा मात्रै होइन त्यहाँको रौनक हेर्न पनि मानिसहरू पशुपति जान्छन्। नेपालसहित छिमेकी मुलुकहरूबाट केही दिनअघि नै साधुसन्तहरू पशुपति आएका थिए।
मंगलबार रातिदेखि नै पशुपतिमा ठूलो संख्यामा मानिसहरू आएका छन्।
दर्शनका लागि भने बिहान २ बजेदेखि चारवटै ढोका खोलिएका थिए।
यसपालिको महाशिवरात्रिमा पशुपतिमा १० लाख मानिसहरू आउने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।
ठूलो संख्यामा मानिसहरू आउने भएकाले सुरक्षा र त्यस क्षेत्रको ट्राफिक व्यवस्थापन त्यही अनुसार गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend