logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जस्बिरे चिया उद्योगमा मंगलबार राति आगलागी


  • जन आकाश
  • बिहिबार, फाल्गुन १५ २०८१

काठमाडौं । स्थित जस्बिरे चिया उद्योगमा मंगलबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ । आगोले उद्योगका उपकरणसँगै विदेश पठाउन तयार गरिएको चियासमेत क्षति गरेको छ ।



राति ९ बजे सल्केको आगोले तयारी चियासँगै क्याबिनेट ड्रायर, रोलिङ मेसिन, सेटिङ मेसिन, सटिङ मेसिन र वेदरिङ ट्रफजस्ता सामग्री जलाउँदा ८ करोड रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक गृष्म सुब्बाले बताए ।

जलेको चियाको मूल्य ४ करोड रुपैया पर्थ्यो,’ उनले भने, ‘क्षति पुगेका सामानको मूल्य ४ करोडजति पर्छ ।’ विद्युत् सर्ट भएर उद्योगमा आगो सल्केको प्रहरीको अनुमान छ ।

सञ्चालक सुब्बाका अनुसार उद्योगमा सुइँरोबाट तयार गरिएको स्पेसल टी, गोल्डेन टी, सिल्भर टी, आमा ओलाङसहित विभिन्न प्रकारका झन्डै ३० हजार किलो चिया भण्डारण गरिएको थियो ।

‘नेदरल्यान्डस्, अमेरिका, डेनमार्क र फ्रान्स पठाउने तयारी रहेको चिया क्षणभरमै खरानी भयो,’ उनले भने ।

सुब्बाका अनुसार उद्योगमै आउनेले गुणस्तर हेरी प्रतिकिलो २ हजारदेखि १२ हजार रुपैयाँसम्ममा चिया खरिद गर्थे, काठमाडौं पुर्‍याउँदा २४ हजार रुपैयाँमा बिक्थ्यो, त्यही चियाको मूल्य चीनमा नेपाली १ लाख र आमा ओलाङ भन्ने चिया अमेरिकामा ५० ग्रामको १४ डलरमा बिक्थ्यो ।

उद्योगबाट उत्पादित चिया सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीजस्ता ब्रान्डबाट विदेश निर्यात हुन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend