logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राराको होटलमा आगलागी, पाहुनालाई निकुञ्ज कार्यालय सारियो


  • जन आकाश
  • बिहिबार, फाल्गुन १५ २०८१

काठमाडौं । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।



आगलागीबाट काठैकाठको संरचनाले बनेका संरचना पूर्ण रूपमा नष्ट भएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सरोज गिरी आफू पनि घटनास्थलतर्फ गइरहेको बताए । ‘आगो नियन्त्रणमा त आइसकेको छ। तर बाँकी के कति क्षति पुगेको छ भन्ने खुलिसकेको छैन’, उनले भने ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी छ

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend